10th August | 2020 | Monday | 4:39:38 PM

‘अहिले पाको भएँ’

हिमालय टाइम्स   POSTED ON : असार ३१, २०७७ (९:३३ AM)

‘अहिले पाको भएँ’

काठमाडौं । नेपाली म्युजिक भिडियोको क्षेत्रकी लोकप्रिय मोडल अञ्जलि अधिकारीले अहिले आफू पाको भएको बताउनु भएको छ । विभिन्न समयमा आफ्नो अभिव्यक्तिका कारण विवादमा आइरहने अञ्जलिले पहिला सानो रहको र अहिले उमेरले पनि केही पाको भएको तर्क राख्नुभएको छ । 

काठमाडौंमा एक म्युजिक भिडियोका सुटिङमा भेटिनु भएकी अञ्जलि भन्नुहुन्छ, ‘म थोरै सुन्ने र धेरै बोल्ने बानी भएकी छु, त्यसले कहिले काँही गाह्रो बनाउँछ । पहिला त्यति पाको भएकी थिइँन त्यसैले कतिठाउँमा चिप्लिएँ होला । धेरै कुरा सिक्दैछु ।’

अञ्जलि केही समयअघिको एक मिडियाको अन्तर्वार्तामा अंग्रेजी भाषाको प्रश्न नबुझेर अर्कै उत्तर दिएको भन्दै सामाजिक सञ्जालमा ट्रोल बन्नु भएको थियो । अञ्जलिले पछिल्लो केही महिनायता दर्शकबाट पनि धेरै कुरा सिकेको बताउनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘मलाई व्यक्तिगत रूपमा दर्शकबाट पनि सल्लाह सुझाब आउँछ, त्यहाँबाट पनि धेरै कुरा सिक्ने मौका पाएकी छु ।’


Views: 83

सम्बन्धित सामग्री:

नताशालाई कोरोना संक्रमण

एजेन्सी : श्रावण २६, २०७७ (१२:४८ AM)