13th August | 2020 | Thursday | 1:59:44 AM

फिल्महल खोल्ने तयारीमा भारत सरकार

हिमालय टाइम्स   POSTED ON : श्रावण १४, २०७७ (१२:४२ AM)

फिल्महल खोल्ने तयारीमा भारत सरकार

मुम्बई । भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयले आगामी महिनादेखि सिनेमा हल खोल्न सिफारिश गरेको छ । कोरोना महामारीमा सुरक्षा सतर्कता अपनाउँदै चाँडोमा आगामी अगष्ट १ वा ढिलोमा ३१ तारिखसम्ममा हल खोल्ने अनुमति दिन सूचना मन्त्रालयले गृह मन्त्रालयलाई सुझाव दिएको हो ।

सूचना मन्त्रालयका सचिव अमित खरेले निर्णयका लागि गृहलाई सिफारिश गरिएको बताए । उनी आफैंले पनि गृहसचिव अजय भल्लासँग यस विषयमा कुरा गर्नुभएको छ । चाँडोभन्दा चाँडो सिनेमा हल खोल्ने अनुमति दिनका आफूहरूले तयारी गरिरहेको खरेको भनाइ छ । 

सूचना मन्त्रालयले हल खोल्न कोरोना भाइरस सुरक्षा मापदण्ड बनाएको छ । जसअनुसार एक सिट र एक रो खाली राखेर दर्शकलाई हलमा राख्नुपर्नेछ । यो नियमलाई देशभरका सिनेमा घरमा कडाइँका साथ लागु गरिनेछ । यद्यपि सिनेमा घरका सञ्चालकले यो मापदण्डले २५ प्रतिशत दर्शकका साथ हल चलाउनुपर्ने र यसले घाटा हुने भन्दै विरोध गरेका छन् । घाटा खाएर हल चलाउनुभन्दा बन्द नै ठीक भन्ने मत पनि आइरहेको छ ।


Views: 65