13th August | 2020 | Thursday | 2:27:03 AM

करोड भ्युजको खुशियालीमा केक

हिमालय टाइम्स   POSTED ON : श्रावण १५, २०७७ (९:५४ AM)

करोड भ्युजको खुशियालीमा केक

काठमाडौं । लकडाउनमा खिचिएको म्युजिक भिडियो ‘ए है माया’लाई युटुवमा एक करोड पटक हेरिएको छ । युटुवमा करोड भ्युज पुगेको खुशियालीमा गीतका गायक तथा भिडियोका निर्माता सरोज ओलीले टिमसँग केक काटेर खुशियाली बाड्नु भएको छ । 

गायक तथा निर्माता सरोज ओली, भिडियोका मोडल पल शाह, सुधिर श्रेष्ठ र रियाशा दाहाल, संगीतकार दिपक शर्मा लगायत सहभागी भएर मंगलबार केक काट्नु भएको हो । गीतमा मेलिना राईको फिमेल भोकल छ । शब्द सरोज ओलीले नै लेखेका हुन् । सरोज ओलीले निर्देशन गरेको गीतको भिडियोमा पल, सुधिर र रियाशासँगै कलाकार सागर लम्साल बले पनि फिचर्ड हुनुहुन्छ । गीतमा कोरियोग्राफी विक्रमको छ । छायांकन नवराज उप्रेतीले गर्नुभएको हो । 


Views: 77