13th August | 2020 | Thursday | 3:23:37 AM

लकडाउन चलचित्र बनाउँदै दीपेन्द्र

हिमालय टाइम्स   POSTED ON : श्रावण १६, २०७७ (१०:२९ AM)

लकडाउन चलचित्र बनाउँदै दीपेन्द्र

काठमाडौं । कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा ठुलो धक्का पु¥याइरहेको अवस्थामा चलचित्रकर्मिहरु कसरी फेरी पहिलेको अवस्थामा पुग्न सकिन्छ भन्ने सोंचमा हुनुहुन्छ । कतिले कोरोना भाइरस र लकडाउनको बिषयलाई समेटेर चलचित्र निर्माण गर्ने तयारी गरिरहँदा नेपाली चलचित्रक्षेत्रका चर्चित निर्देशक दीपेन्द्र के खनालले पनि ‘लकडाउन’ नाम राखेर नयाँ चलचित्र निर्माण गर्ने तयारी गर्नुभएको छ ।

समिक्षक हिसाबले सफल मानिएको चलचित्र ‘आमा’ निर्माण गरेर नाम कमाउनु भएका निर्देशक दीपेन्द्रले बिहीवार चलचित्र विकास बोर्डमा दुई फिल्मका लागि निर्माण इजाजत लिनु भएको छ । दुई चलचित्रको नाम ‘चिसो मान्छे’ र ‘लकडाउन’ राखिएको छ । निर्देशक खनालका अनुसार, दुवै फिल्म सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुनेछ । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्नुहुनेछ । चलचित्र ‘लभ लभ लभ’ देखि उहाँले निर्देशक खनालसँग व्यवसायिक सहकार्य गर्दै आईरहनु भएको छ ।  

दुई चलचित्रमध्ये पहिला ‘चिसो मान्छे’ निर्माण हुनेछ । लकडाउनमा निर्देशक खनालले यही चलचित्रको स्क्रिप्टमा काम गर्नुभएको हो । उहाँका अनुसार, चलचित्रको स्क्रिप्ट लगभग फाइनल भइसकेको छ । यो चलचित्र निर्माण भएपछि उहाँ ‘लकडाउन’ को स्क्रिप्टमा बस्ने बताइएको छ । चलचित्रको छायांकन भने अहिलेको स्थिती साम्य भएपछि गर्ने दीपेन्द्रले बताउनु भएको छ ।


Views: 60