25th September | 2020 | Friday | 9:11:10 PM

मौलिकतालाई लोकगितमा प्राथमिकता दिदै गायक पौडेल...

हिमालय टाइम्स   POSTED ON : श्रावण १८, २०७७ (७:०२ AM)

मौलिकतालाई लोकगितमा प्राथमिकता दिदै गायक पौडेल...

पोखरा ।महिलाहरुको महान चाड हरितालिका तिज आउदै गर्दा लकडाउनले थिचोमिचो पारेको लोकसङ्गित क्षेत्र फेरि जुर्मुराउन लागेको छ। तिज आउदै गर्दा दर्जनौ कलाकारहरुले आफ्ना कोशेलीहरु बोकेर आएका छन।
 बजारमा कोइ सर्जकहरुले राम्रा गितहरु  ल्याइरहेकाछन भने केहि उत्तौला पाराका गितहरु पनि बजारमा आउने गरेका छन। पछिल्लो समय गितसंगितलाइ राम्रो सग नबुझेका तर ब्यबशायिक मुनाफाका लागि मात्र आएका गितहरुले लोकसङ्गितलाइ नै असर गरि रहेको भान हुन्छ। 

सिमित सर्जकहरुले मात्र समाजका आवाजहरुलाइ उठान गर्न र नेपाली लोक सङ्गितलाइ जिवन्त राख्न भुमिका खेलेको पाइन्छ।पछिल्लो समय बजारमा सकारात्मक चर्चा चलेका गायकमा राम्जी पौडेलको पनि नाम लिने गरिन्छ।हालसालै उहाँको तिज गितको रुपमा बजारमा "नकचरो पोइ" आएको छ। झ्याप्प सुन्दा गितको शिर्षक अपाच्य जस्तो लागेपनि यो गितले भने राम्रो सन्देश दिन खोजिरहेको पाइन्छ। पोइ भन्ने शब्द नेपाली ठेट शब्द हो। गित भित्र खासगरी दाम्पत्य जिवनमा हुने उत्तारचढाबलाई उठान गरिएको छ। गल्तीहरुलाई महसुस गराउन खोजिएको छ। पौडेलको आफ्नै लय तथा स्वर रहेको उक्त गित मा माया गुरुङको पनि स्वर सुन्न सकिन्छ  पोखरा मनपा २३ हर्पनमा जन्मिनु भएका राम्जी पौडेललाई बिगत लामो समय देखि स्थापित गायकको रुपमा हेरिन्छ।
   पौडेलले हाल सम्म ६० ओटा भन्दा बढी गितहरुमा स्वर दिईसक्नु भएको छ।सानै उमेरदेखि गितसङ्गितमा रुचि राख्नु भएका पौडेललाई बालापन मै पितृशोक पर्यो। दाजुहरु र आमाको काखमा हुर्किनु भएका पौडेलले सानै उमेर देखि कष्टकर जीवन भोग्नु परेको थियो। 
जीवन को भोगाइ र गाउले जीवन लाई राम्रो सग बुझ्नु भएका पौडेलले मौलिक गितहरुलाइ प्राथमिकता दिनु हुन्छ।स्वरले सजिएका पौडेलले सानै उमेरमा विभिन्न गित प्रतिगिताहरु मा भाग लिनुहुन्थ्यो। पढाइमा पनि अब्बल दर्जामा गनिने पौडेल गायन गित संगीतमा पनि सानै देखि उत्कृष्ट हुनुहुन्थ्यो। प्रबेशिका परिक्षा सकेपछी जिविकोपार्जनको लागि बिदेश जाने मनाशाय बनाउनु भएको थियो। 

  २०६५ साल तिर एक रेडियोले गायन प्रतियोगिता राखेको थियो जसमा लोक गायक प्रजापति पराजुली निर्णायक हुनुहुन्थ्यो। उक्त प्रतियोगिता मा प्रथम भएपछि प्रजापति पराजुलीको नजर पौडेलमा पर्यो। पराजुलीकै सहयोगले पौडेल दोहोरी साझ तिर काम गर्न सुरु गर्नु भयो। दोहोरी साझबाट थोरै भएपनी आम्दानी हुन थाले पछि  ११-१२ कक्षाको अध्यायन सगै  घर खर्चपनी टर्न थाल्यो। झन्नै बिदेश गै सक्नु भएका पौडेलको भेट गायक चोलेन्द्र पौडेल सग हुन पुग्यो। त्यो समय चोलेन्द्र पौडेल पनि स्थापित कलाकार हुनुहुन्थ्यो। २०६८ साल मा चोलेन्द्र कै सहयोगमा पहिलो पटक पौडेलले 'सुन मेरि काली' गित रेकर्ड गराउनु भयो । 'सुनमेरी काली' लाई श्रोताहरुले राम्रो माने पछि पौडेलले आमा गित रेकर्ड गराउनु भयो। आफ्नै आमाको दुखकष्ट र भोगाइलाइ सम्झिएर गाउदा 'आमा' गित जिवन्त हुन पुग्यो। ' आमा' गितको सफलता पछि पौडेलको झन धेरै चर्चा हुन पुग्यो।

पौडेलका "निउ न खोज सानी", "भन्न नसकेर","हेराउन जाउ हिन" " बाबाजि को आगनि भत्किए छ बाइ" " कोदो गोड्न जाउ" "दिदी भाइ" लगायत बोल भएका गितहरुले समय समय मा नेपाली लोकसङ्गितको बजार तताइ रहेका थिए।  खास गरि मौलिक गितहरुलाइ प्राथमिकता दिने पौडेल अहिले सम्म कुनै पनि बिषयमा आलोचित हुनुभएको छैन।आफूलाई स्वच्छ छबिको रुपमा स्थापित गराउनुभएका पौडेलले गितसङ्गितलाई आफ्नो पेशा मात्र हैन प्रतिष्ठाको रुपमा पनि हेरिरहनु भएको छ।
उहाँ भन्नुहुन्छ "मैले गायनलाई पेशागत हिसाब ले हैन एउटा प्रतिष्ठाको रुपमा हेरेको छु,यो आफैमा इज्जतिलो पेसा हो" केही पात्रहरुले पछिल्लो समय लोकसङ्गितलाइ धमिल्याउन खोजेको पौडेलले गुनासो गर्नु भयो।
 सर्जक हरु लोकसङ्गितको महत्व बारे बेलैमा चिन्तन नहुने हो भने लोकसङ्गित नै लोपोन्मुख अवस्थामा पुग्न सक्ने पौडेल बताउनु हुन्छ।
दर्शक श्रोता हरुले पनि मौलिक गित हरु लाई प्रथामिकता नदिइ भड्किला गितहरुलाई प्राथमिकता दिदा असल सर्जकहरुले पनि फरक शैली अवलम्बन गर्न बाध्य पर्ने पौडेलले चिन्ता ब्यक्त गर्नु भयो।

Views: 246

सम्बन्धित सामग्री:

वन चरीलाई छेकेन माहामारीले

: आश्विन ९, २०७७ (८:४८ AM)

११ स्रष्टालाई सम्मान

: आश्विन ९, २०७७ (८:४७ AM)

एउटै कृतिमा सात कवि

: आश्विन ८, २०७७ (९:१९ AM)