25th September | 2020 | Friday | 9:41:25 PM

नयाँ चलचित्रको तयारीमा आर्यन

हिमालय टाइम्स   POSTED ON : श्रावण २०, २०७७ (१:०६ AM)

नयाँ चलचित्रको तयारीमा आर्यन

काठमाडौं । अभिनेता आर्यल सिग्देलले नयाँ चलचित्रमा काम गर्ने तयारी गर्नुभएको छ । चलचित्र निर्देशक विशाल सापकोटाले निर्देशन गर्न लागेको नयाँ चलचित्रका लागी आर्यनलाई छानिएको बुझिएको छ । 

यसअघि यो टिमले ‘अर्जुन रेड्डी’को नेपाली रिमेक तयार गर्ने चर्चा चलिरहँदा कोरोना भाइरसका कारण यो चलचित्रको काम रोकिएको छ । ‘अर्जुन रेड्डी’ ठुलो बजेटको चलचित्र भएकाले अहिलेका लागी उक्त चलचित्रको निर्माणको काम अघि नबढ्ने विशालले बताउनु भएको छ । कोरोना माहामारीका बिच सानो बजेटमा नयाँ प्रोजेक्टमा काम गर्ने तयारी गरेको उहाँले बताउनु भएको छ ।

अभिनेता आर्यनले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘च च हुईं’ पछि अन्य चलचित्रमा काम गर्नुभएको छैन । ‘एक नयाँ प्रोजेक्टमा हामीबीच टिमअप भएको छ । त्यही फिल्मका लागि लोकशन हेर्न पोखरामा छौं ।’ विशालले भन्नुभएको छ । चलचित्रका लागी आर्यन बाहेक अन्य कलाकार फाइनल भएको छैन ।


Views: 72

सम्बन्धित सामग्री:

वन चरीलाई छेकेन माहामारीले

: आश्विन ९, २०७७ (८:४८ AM)

११ स्रष्टालाई सम्मान

: आश्विन ९, २०७७ (८:४७ AM)

एउटै कृतिमा सात कवि

: आश्विन ८, २०७७ (९:१९ AM)