26th September | 2020 | Saturday | 7:30:29 PM

भिडियोमा मेलिनाको आएन खबर

हिमालय टाइम्स   POSTED ON : श्रावण २२, २०७७ (६:४८ PM)

भिडियोमा मेलिनाको आएन खबर

काठमाडौं । गायिका मेलिना राईको स्वरमा ‘आएन खबर’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा अभिनेत्री लक्ष्मी बर्देवा र जीवन भट्टराईले अभिनय गर्नुभएको छ । 

चिन्तामणि सिवाकोटीको शब्द रचना रहेको गीतमा सङ्गीत हरि लम्सालले भर्नुभएको छ । भिडियोलाई लक्ष्मी र जीवन आफैँले निर्देशन गर्नुभएको हो । बिदेसिएका श्रीमानको पर्खाइमा गाउँमा सङ्घर्ष गरेर बसेकी श्रीमतीको पीडालाई गीतमा जीवन्त उतारिएको छ । आफू भन्दा टाढा रहेका आफ्ना प्राण प्रिय श्रीमानलाई कतै केही भयो कि भनी निद्रामा पनि झस्किरहने श्रीमतीको मनोभाव गीतले समेटेको छ । 

गीतको भिडियोमा एक अर्कासँग बिताएका अविस्मरणीय क्षण अनि घरी घरी याद आइरहने परदेशी प्रिय मान्छेको यादले सताएको देख्दा हामी माध्य कयौँ को पिडा महसुस हुन्छ । गीतको भिडियो बुद्ध थापाले खिच्नुभएको हो भने विष्णु खड्काको सम्पादन छ । 


Views: 113

सम्बन्धित सामग्री:

वन चरीलाई छेकेन माहामारीले

: आश्विन ९, २०७७ (८:४८ AM)

११ स्रष्टालाई सम्मान

: आश्विन ९, २०७७ (८:४७ AM)

एउटै कृतिमा सात कवि

: आश्विन ८, २०७७ (९:१९ AM)