26th September | 2020 | Saturday | 8:57:57 PM

अनुमति पाए मनोरञ्जनस्थल खुल्ला ?

गोपिकृण्ण चापागाईं   POSTED ON : श्रावण २३, २०७७ (१२:३४ AM)

अनुमति पाए मनोरञ्जनस्थल खुल्ला ?

काठमाडौं । गत बर्षको चैत महिनादेखी नेपाली चलचित्रक्षेत्र ठप्प छ । चलचित्रहलहरुमा सुरक्षागार्ड भन्दा अन्यले जागिर पाउन सकेका छैनन् । हलहरु बन्द भएको झण्डै पाँच महिना पुग्नै लाग्दा सरकारले अनुमति दिए सञ्चालकहरु हल सञ्चालन गर्ने तयारीमा देखिएका छन् तर कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ ।

कोरोना भाइरस संक्रमण केहि कम हुनथालेपछि सरकारले लकडाउन हटाएको थियो तर मनोरञ्जनका स्थलहरु भने खोल्ने आदेश छैन । फिल्महल, चिडियाखाना, डान्स बार, दोहोरी साँझ लगायतका मनोरञ्जनका स्थलहरु बारे सरकारले अझैपनि केहि निर्णय लिएको छैन । अहिले काठमाडौंमा दिनप्रतिदिन कोरोना भाइरस संक्रमित बढ्न थालेपछि हल सञ्चालक, दोहोरी साँझ सञ्चालकहरु आफैपनि सरकार समक्ष प्रस्ताव गर्न आँट गरेको देखिदैन । ‘हामीले सरकार समक्ष प्रस्ताव बुझाउने तयारी पनि गरेका थियौं । काठमाडौं भित्र मात्रै ८० बढी दोहोरी साँझ सन्चालकहरुद्धारा सरकारलाई दोहोरी साँझ सञ्चालन गर्ने अनुमति माग्ने र सुरक्षा अपनाउने जानकारी गराउने तयारीमा थियौं तर कोरोना बढिरहेको छ । आफैले बुझ्नुपर्ने बेला आएको छ ।’ दोहोरी साँझ ब्यावसायि सञ्चालक संघका अध्यक्ष बिनोद श्रेष्ठले हिमालय टाइस्ससँग भन्नु भयो । ‘समय अनुकुल हेरेर सरकार समक्ष प्रस्ताव राख्नेछौं । खोल्ने अनुमति दिएमा उच्च सुरक्षाका साथ सन्चालन गर्नेपनि विश्वास दिलाउन चाहान्छौं ।’

मनोरञ्जनस्थल राजधानीमा बढि भएकाले अहिले सरकारले सञ्चालन गर्न दिने अनुमति कुर्नुपनि बेकार देखिन्छ, किनकी सरकारले जनताकै स्वास्थ्यका लागी अहिले फेरी जोर बिजोर प्रणाली लागु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जोगेश्वर गौतमले साना उमेर र बृद्धलाई कोरोना भाइरस संक्रमण छिटो सर्ने भएकाले सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । यस्तै रातीको समयमा बाहिर ननिस्किन सरकारले निर्देशन दिएको छ । तर मनोरञ्जनका अधिकांश स्थलहरु रातको समयमा बढी भिड हुने गर्दछन् । त्यसैले सरकारले अनुमति दिने आधार देखिदैन ।

यसो भनिरहँदा मनोरञ्जनस्थल सञ्चालन गर्न दिने तर कसरी दिने र कुन तरिकाले सञ्चालन गर्दा उपयुक्त हुन्छ भिने विज्ञहरुबिच छलफल भने भइरहेको बुझिएको छ । राजधानीको दरबारमार्गमा रहेको क्युज फिल्महलका सञ्चालक सुमित मैनालीले भने अनुमति हैन अनुदान दिनुपर्ने बताउनु भयो । अनुमतिले मात्र नेपाली चलचित्रक्षेत्र अगाडी बढ्न नसक्ने उहाँको भनाई छ । ‘यहि स्थित भइरहने हो भने फिल्महलहरु सधैंका लागी बन्द हुन्छन् । त्यसैले सरकारले अहिलेका लागी अनुमति होइन अनुदान दिन जरुरी छ ।’ सञ्चालक सुमितले भन्नु भयो । ‘अहिले बैंकले ब्याज नछाड्ने, घरबेटीले भाडा नछाड्ने अनि महिनाको लाखौं भाडा तिरेर बस्नुपर्ने अवस्था छ ।’ सुमितका अनुसार एक फिल्महलले कम्तिमा पनि मासिक ५० लाख भाडा तिर्दै आएका छन् । यो बिषयमा सरकारले उचित कदम चाल्नुपर्ने उहाँको भनाई छ । उहाँ अघि भन्नुहुन्छ, ‘अब छिट्टै सञ्चार मन्त्रालय, चलचित्र बिकाश बोर्डले थोरै धेरै अनुदानको निर्णय गर्नैपर्छ । हैन भने सधैंका लागी फिल्महलहरु बन्द हुने अवस्थामा पुगिसकेका छन् ।’

नेपालमा बर्षेनी सय बढी चलचित्र प्रदर्शनमा आउँछन् । पछिल्लो समय कम्तिमा पनि एक करोड लगानीमा चलचित्र निर्माण हुनेगर्छ । अहिले कोरोनाको माहामारी सुरु हुनुअघि दर्जन बढी चलचित्र निर्माण भएर बसेका छन् । कतिपय आधा छायांकन भएर अड्किएका छन् । 


Views: 154

सम्बन्धित सामग्री:

वन चरीलाई छेकेन माहामारीले

: आश्विन ९, २०७७ (८:४८ AM)

११ स्रष्टालाई सम्मान

: आश्विन ९, २०७७ (८:४७ AM)

एउटै कृतिमा सात कवि

: आश्विन ८, २०७७ (९:१९ AM)