28th September | 2020 | Monday | 11:20:49 PM

सञ्जय दत्तको छातीमा समस्या

हिमालय टाइम्स   POSTED ON : श्रावण २६, २०७७ (१२:४६ AM)

सञ्जय दत्तको छातीमा समस्या

मुम्बई । बलिउडका चर्चित अभिनेता सञ्जय दत्तमा छाती र अक्सिजनको मात्रामा समस्या देखिएपछि शनिबार साँझ लीलावटी अस्पतालमा भर्ना गरिएको छ । ६१ वर्षीय दत्तलाई अस्पताल लग्नेबितिकै (¥यापिड एन्टिजेन) परीक्षण गरी कोरोना परीक्षण गरिएकामा रिपोर्ट नेगेटिभ आएको छ । त्यसपछि गरिएको आरटी (पीसीआर परीक्षण नेगेटिभ आएको चिकित्सकले पुष्टि गरेका छन् ।

सञ्जयको मेडिकल प्यारामिटर र अक्सिजनस्तर किन खस्केको भनेर थाहा पाउन अझै थप केही परीक्षण गर्न बाँकी रहेको उहाँको उपचार गरिरहेका डा. जलिल पारकरले बताउनु भएको छ । डा. जलिल पारकर स्वयं गत माहिनामात्रै कोरोना संक्रमण मुक्त भएर नियमित काममा फर्किएका चिकित्सक हुन् । सञ्जयलाई (इन्टेन्सिभ केयर)मा भर्ना गरिएको तर स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छ्न् । 

अभिनेता स्वयंले ट्विटरमार्फत आफ्नो स्वास्थ्य स्थिर रहेको र कोरोनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभएको छ । उहाँले लेख्नु भएको छ, ‘सबैमा जानकारी दिन चाहन्छु कि मेरो स्वास्थ्य अवस्था ठीक छ, मेरो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । लीलावती अस्पतालका डाक्टर, नर्स र अन्य कर्मचारीहरूको हेरचाहले छिट्टै घर फर्किनेछु । तपाइँहरूको आशीर्वाद र प्रार्थनाका लागि धन्यवाद ।’


Views: 102

सम्बन्धित सामग्री:

संगीतमा रुझ्न चाहने विद्या

: आश्विन ११, २०७७ (१:१९ PM)