25th September | 2020 | Friday | 10:10:17 PM

सञ्जयलाई मनिषाको सन्देशः तिमी यो पनि जित्न सक्छौं

हिमालय टाइम्स   POSTED ON : श्रावण २९, २०७७ (१२:२० AM)

सञ्जयलाई मनिषाको सन्देशः तिमी यो पनि जित्न सक्छौं

मुम्बई । मंगलवार बलिउड स्टार सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको खबर सार्वजनिक भएसँगै सेलिब्रेटीसँगै सामाजिक सञ्जालमा फ्यानहरूले स्वास्थ्य लाभको कामना गरिरहेका छन् । अभिनेत्री मनिषा कोइरालाले ट्वीटमार्फत् सञ्जयका लागि कामना गर्नुभएको छ । 

मनिषाले लेख्नु भएको छ, ‘तिम्रो अस्वस्थताका बारेमा सुनेको खबर निकै दुःखद् छ बाबा । तर, तिमी कति बलियो छांै मलाई थाहा छ । जिन्दगीमा धेरै संघर्ष गरेका छौं, अप्ठ्यारालाई पार लगाएका छौं । यो अवस्थालाई पनि जित्न सक्छौं । म तिम्रो स्वास्थ्य लाभको कामना गर्छु ।’ मनिषा स्वयंले क्यान्सरविरुद्धको लडाइँ जित्नु भएको हो । 

सन् २०१२ मा क्यान्सरमुक्त भएपछि उनी सामाजिक कार्य र क्यान्सर बारे सचेतात्मक कार्यक्रमरहरूमा सक्रिय रहनुभयो । यसैबीच सन् २०१८ मा सार्वजनिक फिल्म ‘सञ्जु’मा अभिनय गर्नुभयो । चलचित्र सञ्जय दत्तको जीवनमा आधारित थियो । उक्त चलचित्रमा सञ्जयकी आमा नरगिसको भूमिकामा देखिएकी थिइन् । सञ्जयका रूपमा रणवीर कपुर प्रस्तुत हुनुहुन्छ । नरगिस र नरगिस बनेकी मनिषा अर्थात् सञ्जयका रिल र रियल आमा दुवैलाई पाठेघरको क्यान्सर भएको हो ।

सञ्जयमा भने गत साताको अन्त्यमा स्वास प्रस्वासमा समस्या देखिए पछि लीलावती अस्पताल पु¥याइएको थियो । त्यहाँ उनको परीक्षणपछि फोक्सोमा पानी जमेको खबर सार्वजनिक भएको थियो । टाइम्स अफ इण्डियाले जनाएनुसार उनको फोक्सोको क्यान्सर तेस्रो चरणमा छ । सञ्जयलाई उपचारका लागि अमेरिका लगिँदैछ । उनको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।


Views: 125

सम्बन्धित सामग्री:

वन चरीलाई छेकेन माहामारीले

: आश्विन ९, २०७७ (८:४८ AM)

११ स्रष्टालाई सम्मान

: आश्विन ९, २०७७ (८:४७ AM)

एउटै कृतिमा सात कवि

: आश्विन ८, २०७७ (९:१९ AM)