28th September | 2020 | Monday | 11:46:51 PM

निराजन र सृष्टिको रोमान्टिक साँझ

हिमालय टाइम्स   POSTED ON : श्रावण २९, २०७७ (११:५४ PM)

निराजन र सृष्टिको रोमान्टिक साँझ

काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ चलचित्रको यात्रा टुंगो नहुन्जेलसम्मका लागि म्युजिक भिडियोमा देखिने हुनुभएको छ । सरकारले लकडाउन खुकुलो बनाएसँगै म्युजिक भिडियोहरू छायांकन भइरहेका बेला सुष्टिसँगै मोडल निराजन प्रधानले एक भिडियोको छायांकन सकाउनु भएको छ । 

उहाँहरूलेले अभिनय गरेको ‘साँझ’ बोलको भिडियो बिहीबार सार्वजनिक गरिएको छ । रोमान्टिक फ्लेवरको यो गीतमा दिनेश शंकरले शब्द, संगीत र स्वर भरेका छन् भने भिडियोलाई विवेक रसाइलीले निर्देशन गर्नुभएको हुन् । गीतको भिडियोमा सानो मिस अन्डरस्ट्यान्डिङले पर हुन लागेको जोडीलाई मायाले नै फर्काएको कथा पेश गरिएको छ । उज्ज्वल जोशीको कलर, सम्पादन र छायांकन रहेको गीतलाई नोभिया शंकरले निर्माण गर्नुभएको हो । 

लकडाउन हुनुअघि अभिनेत्री सृष्टि श्रेष्ठ सौगात मल्लसँगै ‘तीन जन्तु’ फिल्मको सुटिङ गरिरहनु भएको थियो । लकडाउनले सुटिङ बीचैमा बिथोलेपछि सृष्टिको दैनिकी सामाजिक सञ्जालमा खुम्चिएको थियो । अहिले म्युजिक भिडियाको अफर आउँदै गर्दा गीत छनोट गरेर काम सुरुगर्न थाल्नु भएको हो ।

Views: 126

सम्बन्धित सामग्री:

संगीतमा रुझ्न चाहने विद्या

: आश्विन ११, २०७७ (१:१९ PM)