26th September | 2020 | Saturday | 9:07:48 PM

राष्ट्रिय झण्डा जलाउने पुर्पक्षका लागि थुनामा

  POSTED ON : भदौ ३०, २०७७ (८:२६ AM)

राष्ट्रिय झण्डा जलाउने पुर्पक्षका लागि थुनामा

काठमाडौं । म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएको आरोपमा पक्राउ पर्ने गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले सोमबार तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । 

सोही आरोपमा मुछिएका तीनजनालाई भने १५ हजार धरौटीमा छाडिएको छ । पाँचजना साधारण तारिखमा छुटेको जिल्ला अदालत काठमाडौंले जनाएको छ । उनीहरूविरुद्ध भदौ २४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । 

विष्णु आधारभूत विद्यालय मकवानपुरमा छायांकन गरिएको भिडियो ‘मंगोल हप अफिसियल’ नामक युट्युब च्यानलबाट अपलोड गरिएको थियो । भिडियोमा क्षेत्री–ब्राहृमण समुदायलाई अश्लील गाली गरिएको थियो ।


Views: 48

सम्बन्धित सामग्री:

वन चरीलाई छेकेन माहामारीले

: आश्विन ९, २०७७ (८:४८ AM)

११ स्रष्टालाई सम्मान

: आश्विन ९, २०७७ (८:४७ AM)

एउटै कृतिमा सात कवि

: आश्विन ८, २०७७ (९:१९ AM)