28th September | 2020 | Monday | 9:15:17 PM

नयाँ फिल्ममा प्रदीप

  POSTED ON : भदौ ३१, २०७७ (९:१५ AM)

नयाँ फिल्ममा प्रदीप

काठमाडौं । अभिनेता प्रदीप खड्काले नयाँ चलचित्रमा काम गर्ने हुनुभएको छ । निर्देशक दिनेश राउतले निर्देशन गर्ने चलचित्रमा प्रदीपले काम गर्न लाग्नु भएको हो । नाम नखुलाइएको उक्त चलचित्रको कथा तथा अन्य कलाकारबारे खुलाइएको छैन । चलचित्रका लागि प्रदीपले २० लाख रुपैयाँ पारिश्रमिक लिएको बुझिएको छ तर प्रदीप स्वयं र निर्देशक राउतले भने यो कुरामा सत्यता नभएको बताउनुहुन्छ । ‘आपसी सहमतिमा भएको कुरा बाहिर ल्याउन आवश्यक छ जस्तो मलाई लाग्दैन । कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थितिमा प्रदीपले पारिश्रमिक कम गरेको भनेछ । यस विषयमा प्रदीपलाई नै सोध्नुहोला,’ निर्देशक राउतले भन्नुभयो । 

प्रदीप पारिश्रमिकका लागि आफूले काम नगर्ने बताउहुन्छ । ‘मैले पारिश्रमिकका लागि फिल्म गर्न लागेको होइन । तर, जति पारिश्रमिक मैले बुझेको भन्ने सुनेँ, त्यसमा सत्यता छैन,’ प्रदीपले भन्नु भएको छ । 

चलचित्रमा प्रदीप गाउँले युवकको भूमिका देखिने बुझिएको छ । चलचित्रमा विकास सुवेदीको स्क्रिप्ट रहनेछ । प्रदीपको तयार भएको बसेको चलचित्र प्रेम गीत ३ प्रदर्शन हुन बाँकी छ । त्यसपछि चलचित्र ‘हुतुतु’मा काम गर्नु हुनेछ । त्यसपछि मात्र राउतको चलचित्रमा काम गर्नु हुनेछ । 


Views: 43

सम्बन्धित सामग्री:

संगीतमा रुझ्न चाहने विद्या

: आश्विन ११, २०७७ (१:१९ PM)