29th October | 2020 | Thursday | 12:07:58 AM

‘तिम्रो प्यारमा छु’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

हिमालय टाइम्स   POSTED ON : आश्विन २७, २०७७ (११:२३ AM)

‘तिम्रो प्यारमा छु’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नजिकिँदै गरेको महान चाड बिजया दशमी र तिहारलाई लक्षित गरेर गीतसंगीत बजारमा आउन थालिसकेका छन् । यसैक्रममा ’तिम्रो प्यारमा छु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  

प्रेमिल शैलीको यस गीतमा गायक जगदीश समाल र अस्मिता अधिकारीको स्वर रहेको छ।  नारायण सुवेदी आभाषले संगीतवद्द  गरेको यस गीतलाई उदय राज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन् । 

गोदावारीमा छायांकन  गरिएको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल निलम चन्दको प्रेम र रोमान्सलाई सुन्दर तरिकालाई प्रस्तुत गरिएको छ ।  भिडियोमा  बुद्ध थापाको  छायांकन ,  विकाश धमलाको  सम्पादन रहेको छ । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।

ओएस आर डिजिटल मार्फत सार्वजनिक भिडियोले  दर्शक स्रोताको मन जित्दै सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।  


Views: 53

सम्बन्धित सामग्री:

प्रिन्सको ‘ट्राफिक हाम्रै साथी’

: कार्तिक ६, २०७७ (२:१० PM)