28th October | 2020 | Wednesday | 11:06:58 PM

मिसेस नेपाल लागि आवेदन खुला

  POSTED ON : आश्विन २९, २०७७ (९:०८ AM)

मिसेस नेपाल लागि आवेदन खुला

काठमाडौं । विवाहित महिलाहरूको सौन्दर्य निखार्दै उहाँहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले इप्लानेटले नियमित आयोजना गर्दै आएको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल २०२०’को आवेदन खुला भएको छ । 

आयोजनक इप्लानेट प्रालिले बुधबार एक विज्ञकप्ति जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुला भएको जनाएको हो । ग्रीन आर्ट्स नेपालको संयोजन रहने प्रतियोगिताको कोभिड १९को महामारीलाई ध्यानमा राखेर अनलाइन तथा अफलाइन दुवै माध्यमबाट आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिताका लागि आवेदन प्राप्त व्यक्तिमध्ये आन्तरिक छनौटमा परेका उत्कृष्ट प्रतियोगीलाई मात्र ‘मिसेस युनिभर्स २०१९’ अनिला श्रेष्ठलगायत विभिन्न वरिष्ठ व्यक्तिबाट प्रशिक्षण प्रदान गरिनेछ । २१ वर्षदेखि ५५ वर्ष उमेर बीचका विवाहित नेपाली महिलाले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

गृहिणी जीवन बिताइरहेका महिलालाई सौन्दर्यताबाहेक सामाजिक क्रियाकलापदेखि आफ्नो व्यक्तित्व विकास गराउनेसम्म धेरै किसिमको काममा सक्रिय सहभागिता जनाउने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागेको आयोजक संस्था इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिनुभयो । 

प्रतियोगिताको विजेता शीर्ष उपाधि, विभिन्न गिफ्टको अलवा सन् २०२१ मा हुने ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । यसअघि ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधत्व अनिला श्रेष्ठ, मनिषा डंगोल, पद्मिनी झा, रजनी थापा, मीना घिमिरेले गर्नुभएको थियो ।


Views: 56

सम्बन्धित सामग्री:

प्रिन्सको ‘ट्राफिक हाम्रै साथी’

: कार्तिक ६, २०७७ (२:१० PM)