28th October | 2020 | Wednesday | 10:48:24 PM

७२ घण्टामै खिचियो फिल्म

  POSTED ON : आश्विन ३०, २०७७ (९:३५ AM)

७२ घण्टामै खिचियो फिल्म

काठमाडौं । नेपाली चलचित्रक्षेत्रका निर्देशक एभरेष्ट सूर्य बोहराले नेपाली चलचित्रमा नयाँ प्रयोग गर्नुभएको छ । जम्मा ७२ घण्टामा खिचेर ‘श्री’ नामक फिचर चलचित्र तयार पार्नुभएको छ । कोरोना भाइरसको महामारीका कारण बिगत ७ महिनादेखि चलचित्र निर्माण तथा प्रदर्शन ठप्प रहेको परिस्थितिमा निर्देशक बोहराले बिहीबार अर्थात् आफ्नो जन्मदिनको (२९ असोज)अवसर पारेर फष्र्टलुक पोष्टर सार्वजनीक गर्नुभएको छ । 

सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाइ एउटै लोकेशनमा जम्मा ७२ घण्टा सुटिङ गरेर तयार पारिएको चलचित्रमा सन्दीप क्षेत्री, वर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, रविन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गर्नुभएको छ । 

एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता श्री पराजुली र सविता गुरुङ हुनुहुन्छ भने यम बराल, सूर्य सिम्खडा (साइराम), बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम सहनिर्मातामा हुनुहुन्छ । 

‘विषम परिस्थितिमा पनि नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउने हेतुले ‘श्री’ निर्माण गरिएको हो’, निर्देशक बोहरा भन्नुहुन्छ, ‘जम्मा ७२ घण्टा क्यामेरान रोल भएको यो फिल्ममा भरपुर मनोरञ्जनका साथै उपयोगी सन्देशसमेत प्रस्तुत छ ।’ चलचित्र निर्माणका साथै समाजसेवामासमेत सक्रिय निर्देशक बोहराले ‘श्री’ लाई पनि समाजीक कार्यकै रूपमा लिएका छन् । 

‘कोभिड–१९ को मारमा परेका कलाकर्मी तथा प्राविधिकलाई केही राहत होस् भनेर निषेधाज्ञाकै क्रममा यो फिल्म तयार पारिएको हो । कम समय र लगानीमा निर्माण गरिएको भए तापनि वर्तमान परिस्थिति, बाध्यता र मानसिकतालाई यो फिल्ममा प्रस्तुत गरिएको छ’, निर्देशक बोहराको भनाइ छ । निर्देशक बोहराकै लेखनमा शिवम अधिकारीले सघाएको चलचित्र शेरबहादुर तामाङले खिच्नुभएको हो । 

सुजन बडालको सम्पादन, एलिस कार्कीको ब्याकराउण्ड स्कोर र निरज केसीको साउण्ड मिक्सिङ छ । झण्डै दुई घण्टा लामो ‘श्री’ हल खुल्नासाथ दर्शकमाझ ल्याउने योजना रहेको निर्देशक बोहराले जानकारी दिनुभएको छ । 


Views: 47

सम्बन्धित सामग्री:

प्रिन्सको ‘ट्राफिक हाम्रै साथी’

: कार्तिक ६, २०७७ (२:१० PM)