31st October | 2020 | Saturday | 10:09:03 PM

पहिलो कुराः ‘कक्षा ९ मा पहिलो प्रेम’

  POSTED ON : कार्तिक १, २०७७ (१०:०५ AM)

पहिलो कुराः ‘कक्षा ९ मा पहिलो प्रेम’

पहिलो घरः 

स्याङ्जा, पुतलीबजार न.पा. ३ साउथर

पहिलो स्कुलः 

लिटल फ्ल्वार इंग्लिस बोर्डिङ स्कुल, बाडखोला

पहिलो प्रेम ?

कक्षा ९ मा सँगै पढ्ने साथी थिइन् तर मैले एकोहोरो माया गर्थेँ ।

पहिलो पटक गायक बन्छु भन्ने इच्छा ?

कक्षा ६ मा पढ्दा बालदिवसमा दोहोरी प्रतियोगितामा द्वितीय भएपछि धेरैले चिनेपछि गायक बन्नुपर्छ भन्ने इच्छा जागेर आएको हो ।

पहिलो कमाई ?

म १९ वर्षको थिएँ । त्रिवेणी दोहोरी साँझमा गीत गाउँदा पहिलो महिना तीन हजार कमाए ।

सफलता दिलाएको पहिलो गीत ?

‘लरक्कै लर्केको रातो सारी, अब त चाइने जो मेरै पालि हो’ गीतले मलाई बढी चिनाएको हो । त्यो भन्दाज्अघि प्रत्यक्ष दोहोरीबाट केहिले चिन्नुभएको थियो ।

पहिलो मोबाइल ?

विसं २०६० सालमा नोकिया कम्पनीको मोबाइल अलि ठूलो साइजको आउँथ्यो । फोन गर्दा र उठाउँदा पनि पैसा लाग्थ्यो । ६ हजारमा किनेको थिए ।

पहिलो विदेश यात्रा ?

विसं २०६४ सालमा गायिका निशा सुनारले गीत गाउनकै लागि कतारमा लैजानु भएको थियो । त्यो समयमा प्रत्यक्ष दोहोरी गाएको थिए ।

आफ्नै गीतमा पहिलो मोडलिङ ?

विसं २०६५ सालमा ‘मुटु पोल्छ छाती चर्किन्छ’ बोलको गीतमा निर्देशक प्रकाश भट्टले जोड गरेर मोडलिङ गरेको थिए ।

पशुपति शर्मा, लोक गायक


Views: 54