30th November | 2020 | Monday | 4:28:39 AM

मौलिक र सांस्कृतिक पर्व दशैँ

कृष्ण भुसाल   POSTED ON : कार्तिक ७, २०७७ (९:२४ AM)

मौलिक र सांस्कृतिक पर्व दशैँ

काठमाडौं ।  शरद ऋतुको आगमनसँगै उत्सवको माहोल हुने गर्दछ । तर, यो वर्ष भने कोरोना भाइर (कोभिड–१९)को कहरमा हामी हाम्रा उत्सव मनाउँदै छौं । यस वर्षको दशैँ हामी सबैको घरघर पुगिसकेको छ । हरेक वर्ष हर्षोल्लासका साथ मनाउने बडा दशैँ यसपालि कोरोना संक्रमणले केही खल्लो भएको छ । विगत समयमा यो समय गाउँघर, शहरबजार सबैतिर दशैँको आगमनसँगै खुशीयाली छाउने गथ्र्यो । तर विश्वव्यापी सन्त्रासका रूपमा रहेको कोरोना भाइरस अर्थात् कोभिड–१९ ले गर्दा उत्सवमय भएको छैन । 

हाम्रो परम्परा, हाम्रो संस्कृति, हाम्रा चाडबाड मनाउने तयारीमा छौं यतिबेला हामीहरू । स्वास्थ्यलाई ख्याल गर्दै यस्ता पर्व मनाउने अवस्था आएको छ । हुन त आफ्नो स्वास्थ्यलाई सधंै ख्याल गर्नुपर्छ तर यो समय र परिस्थिति भने भिन्न छ । त्यसैले जहाँ छांै, त्यहीँ दशैँ मनाउने अवस्था आएको छ । सरकारले पनि दशैँ–तिहारमा सकेसम्म जुन ठाउँमा छौँ, त्यही बस्न आग्रह गरेको छ ।

हामी सबै कोरोना कहरमा रहे पनि प्रकृति भने आफ्नै लयमा छ । विगत वर्षजस्तै यतिबेला वर्षात्का वादलहरू फाट्ेका छन् र मौसम सफा हुँदै गएको छ, जसले आमन्त्रण गरिरहेको छ शरदकालीन पर्वहरू । हुन त यसपालि दशैँ मलमासले केही ढिला भएको छ । यतिबेला हाम्रो सबैभन्दा महत्वपूर्ण पर्व बडा दशैँ हरेक नेपालीको घरमा आएको छ र केही दिन बस्ने तरखरमा छ ।

अप्ठ्यारो परिस्थितिमा हामी दशैँलाई स्वागत गर्दै छौं यतिबेला । दशैँ हाम्रो सांस्कृति, मौलिक र धार्मिक पर्वका रूपमा सदीयांैदेखि रहिआएको छ । दशैँ भन्नासाथ रमाइलोको पर्व हो । दशैँमा हामी ऋण धन गरेर भए पनि खानपानमा रमाउने गर्दछांै । दशैँमा आफूभन्दा ठूलाको आर्शिवाद थाप्ने रमाइलो गर्ने गर्दछौं । 


मौलिकता 

नेपालमा दशैँ र तिहार मनाउने चलनमा मौलिकता छ । दशैँमा देवीको पूजाबाहेक विशेषता– पिङ खेल्ने, मासु खाने, टीका आर्शिवाद ग्रहण गर्न आफ्ना नातेदारका घरमा जाने, बहिनी, छोरीहरू माइत आउने, ससुराल जाने र भाञ्जाभाञ्जीहरू मावलमा टीका लगाउन आउने चलन कामयमै छ । टीका लगाउने चलन ठाउँअनुसार फरक–फरक देखिन्छ । 


खानपान र हाम्रो स्वास्थ्य

सांस्कृतिक र सामाजिक महत्व बोकेको दशैँ खानपिनको पर्व पनि हो । दशैँ खानपान र रमाइलो गर्ने कुराले प्राथमिकता पाउने गर्छ । दशैँमा हामी धेरैको घरमा मासुका परिकार पाक्ने गर्छन् । धेरैले त घरमै खसीबोका तथा च्यांग्र्रा काट्ने गर्दछन् भने अन्य समयभन्दा दशैँमा मासु बढी पाक्ने गर्छ हाम्रा घरघरमा । मासुका लागि तयार पारिने खसी बोका, राँगा, बँदेल, भेंडा, च्यांग्राको मासुको यो समयमा मसालेदार र चिल्लो खानपानमा जोड दिँदा दीर्घरोगको समस्या हुने गरेको पाइन्छ । दशैँका बेलाका हाम्रा खानपानको लापरबाहीले गर्दा युरिक एसिड, उच्च रक्तचाप, मुटु, ग्याष्ट्रिक, पेटजन्य समस्या, झाडापखाला, फुड प्वाइजिनिङलगायत स्वास्थ्य समस्या देखिने गरेको चिकित्सकहरू बताउँछन् । 


खानपान मानव जीवनको एउटा अभिन्न अंग र अत्यन्त सम्वेदनशील कुरा हो । अत्यधिक चिल्लो पदार्थ भएका खानेकुराको सेवनले अनेक रोगलाई निम्ता दिने गर्दछ । यतिबेलाको परिस्थिति भिन्न छ, हामी कोरोना कहरमा छांै । यसपालिको दशैँमा हामीले विशेष ख्याल राख्नुपर्ने छ । सन्तुलन मिलाएर खनापानमा ध्यान दिएमा अनावश्यक रोगबाट बच्न सकिन्छ ।

दशैँको समयमा खाइने मासुका विभिन्न परिकारसँगै मसलेदार र चिल्लो खानेकुरामा बढी जोड नदिऔं । मासुजन्य परिकार र अत्याधिक चिल्लो खानेकुरा, मदिरा, अखाद्य पदार्थ मिसाइएका विभिन्न प्रकारका मीठाईका परिकार धेरै सेवन नगरांै । मीठा परिकारको सेवनले केही समयका लागि आनन्द देला तर, यसले दीर्घकालमा पु¥याउने अवस्था बारे सचेत बनौं । 

दशैँको खानपिनका लागि टिप्स, के–केमा ध्यान दिने ?

नेपालीहरूको महान् चार्ड दशैँ मीठोमीठो परिकार बनाएर खाने पर्र्वका रूपमा तपाइँ हामीमाझ परिचित छ । हामी नेपालीको बानी दशैँमा अन्य समयभन्दा बढी मासुसहित गुलियो र चिल्लो पदार्थको सेवन गर्ने गर्दछौं । दशैँमा मासुसँगै मदिरा सेवनले हामीकहाँ प्राथमिकता पाउने गर्दछ । 


–हामीले खाने मासुमा रातो मासुभन्दा सेतो मासु स्वस्थ्यकर हुने चिकित्सिकको भनाइ छ । यस्तै छाला नभएको मासु खान बढी स्वस्थकर मानिन्छ ।

– सेतो मासु प्राथमिकतामा राख्नुहोस् ।

– मासुको छाला नखाएकै राम्रो ।

– जंक फुड र चिसो पेयबाट जोगिने ।

– कम मसला नै राम्रो ।

– धुम्रपान र मद्यपान हानीकारक ।

– खानाबाट हुने अपचसँग जोगिनुहोस् ।

– मासु कम खानुहोस् शाहाकारी खानालाई जोड दिनुहोस् । 

कोरोना भाइरको संक्रमणले आक्रान्त भइरहेको बेला पारिवारिक जमघट, साथीभाइसँगको भेटघाट र मन्दिर तथा शक्तिपीठमा हुने भिडभाडले यो महामारीको विस्तारलाई नै प्रश्रय दिने भएकाले परिस्थितिप्रति गम्भीर हुँदै दशैँ पर्व मनाऔं । खानपानमा संयमता अपनाउँदै हाम्रा सांस्कृतिक, परम्परा र चाडपार्वलाई जीवन्त राख्नेतर्फ अग्रसर हाऔं । यसपटक दशैँ संयम, सावधानी र सचेततासाथ मनाऔं । दशैँका अवसरमा परिवार र समुदायमा आफ्नो कारणबाट संक्रमण फैलन नदिन सचेत रहांै । धार्मिकभन्दा नेपालीको मौलिक पहिचानसहितको सांस्कृतिक पर्व बोकेको बडा दशैँ २०७७ को सबैमा हार्दिक मंगलमय शुभकामना । 


Views: 64