3rd December | 2020 | Thursday | 3:18:15 AM

दुबईमा नेहा कक्कर

  POSTED ON : मंसिर ४, २०७७ (१०:०३ AM)

दुबईमा नेहा कक्कर

मुम्बई। हालै विवाह बन्धनमा बाँधिनुभएकी गायिका नेहा कक्कर अहिले दुबईमा पति रोहनप्रित सिंहसँग हनिमुनमा हुनुहुन्छ । सोही क्रमका रोमान्टिक तस्वीरहरू सार्वजनिक गरेर उनले फ्यानलाई आफ्नो बारेमा अपडेट दिएको देखिन्छ । 

हालै पनि उहाँले हनिमुनसँग जोडिएको केही तस्वीर सार्वजनिक गर्नुभएको छ । तस्वीर हेर्दा उहाँ जीवनसाथीसँग हनिमुन पूरै मस्ती गरिरहेको अनुमान गर्न सकिन्छ । जसलाई फ्यानले समेत मन पराएका छन् । रोहनप्रितले पनि पत्नी नेहाको यो पलहरूलाई खास बनाउन साथ दिइरहनुभएको छ । 

तस्वीरमा दुवैैको निकै रोमान्टिक अन्दाजसमेत देख्न सकिन्छ । एक तस्वीरमा नेहाले पतिलाई किस गरेको रोमान्टिक अन्दाज देख्न सकिन्छ । अर्काे एक तस्वीर रोहनप्रितले रोमान्टिक अन्दाजमा नेहालाई किस गरेको समेत रहेको छ ।

कामको कुरो गर्ने हो भने नेहा एक चर्चित गायिका हुनुहुन्छ । उहाँले बलिउडका लागि कैयौँ सुपरहिट गीत गाउनुभएको छ । रोहनप्रीत सिंह पनि पन्जाबको राइजिङ स्टार हुनुहुन्छ । 


Views: 75

सम्बन्धित सामग्री:

रमेशको नन्दासँग बिहे पक्का

: मंसिर १७, २०७७ (९:०९ AM)

कृष्ण–लीलाको सुटिङ सुरु

: मंसिर १६, २०७७ (८:४८ AM)