6th December | 2020 | Sunday | 4:37:44 AM

ऋचालाई भारत रत्न डा. अम्बेडकर अवार्ड

  POSTED ON : मंसिर ५, २०७७ (११:४१ AM)

ऋचालाई भारत रत्न डा. अम्बेडकर अवार्ड

मुम्बई (एजेन्सी) । बलिउड अभिनेत्री ऋचा चड्डा भारत रत्न डा. अम्बेडकर २०२० बाट सम्मानित हुनुभएको छ । उहाँलाई यो अवार्ड भारतीय चलचित्रमा दिएको योगदानका लागि प्रदान गरिएको हो ।

राजभवनमा आयोजित कार्यक्रममा महाराष्ट्र गभर्नर भगतसिंह कोश्यारीमार्फत प्रदान गरिएको हो । महामारीका कारण २५ जनाको सहभागितामा मात्रै पुरस्कार समारोह गरिएको थियो । अभिनेता सुनील सेट्टीलाई पनि यो अवार्डबाट सम्मानित गरिसकिएको छ ।


Views: 99