3rd December | 2020 | Thursday | 3:20:53 AM

चेलीको पीडा गीतमा

हिमालय टाइम्स   POSTED ON : मंसिर ५, २०७७ (११:५० AM)

चेलीको पीडा गीतमा

काठमाडौं  । बेचिएर उद्धारपछि घर फर्किएकी चेलीको कथामा आधारित नयाँ लोक दोहोरी गीत ‘आफ्नोपन’को भिडियो रिलिज भएको छ । युवराज आचार्य र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको यस गीतमा नारायण कँडेलको शब्द तथा डा. शिव सुवेदीको संगीत छ ।

विभिन्न छलकपटमा परी चेलिबेटी बेचबिखन भएका खबर आजकल पनि आइरहन्छन् । यस्तै, एक चेली प्रलोभनमा परेर प्रेमीसमेत छोडेर बेचिन पुग्छे । केही समयपछि उद्धारकर्मीहरूले उद्धार गरी नेपाल फिर्ता ल्याउछन् र प्रेमीले उसलाई सहयोग गर्छ । यही कथा यो भिडियोमा देख्न पाइन्छ ।

बिनोद भण्डारीले निर्देशन गरेको भिडियोमा सनम कठायत र रोशनी कार्कीले अभिनय गर्नुभएको छ । भिडियोमा करण चैसिरको छायांकन गर्नु भएको छ भने विकास ज्ञवाली भिडियोको सम्पादक हुनुहुन्छ । 


Views: 52

सम्बन्धित सामग्री:

रमेशको नन्दासँग बिहे पक्का

: मंसिर १७, २०७७ (९:०९ AM)

कृष्ण–लीलाको सुटिङ सुरु

: मंसिर १६, २०७७ (८:४८ AM)