6th December | 2020 | Sunday | 4:00:00 AM

रोनाल्डो र बिपासाको त्यो भाइरल तस्वीर

एजेन्सी   POSTED ON : मंसिर ६, २०७७ (३:४९ PM)

रोनाल्डो र बिपासाको त्यो भाइरल तस्वीर

 पोर्चुगिज फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोका विभिन्न फण्डाहरू बेलाबेला सार्वजनिक भइरहन्छन् । उहाँलाई मैदानभित्र जत्तिकै मैदानबाहिर पनि उत्तिकै माहिर खेलाडीका रूपमा चिनिन्छ । ३५ वर्ष लाग्नुभएका रोनाल्डोले पछिल्लो एक दशकमा विश्वका चर्चित सेलिब्रेटी नायिका, मोडलसँग डेट गरिसक्नुभएको छ ।

रोनाल्डो हाल स्पेनिस मोडल जिर्जिना रोड्रिगेजसँगको सम्बन्धमा हुनुहुन्छ । यसअघि उहाँले रूसी मोडल इरिना सायक, नेरिन्दा गार्लाडो, मेर्ची रोमेरोसँग समय बिताइसक्नु भएको छ ।

फुटबलमार्फत आफ्नो जादु पस्कने रोनाल्डोका विश्वमा कराडौं समर्थक छन् । त्यति नै भारतीय सिनेमा जगतका हस्तीहरू उहाँलाई मन पराउँछन् । सोहीकारण बलिउड सेलिब्रेटीसँग उहाँको छुट्टै कनेक्सन बनेको छ ।

सन् २००७ मा रोनाल्डो म्यानचेष्टर युनाइटेडबाट इंग्लिस प्रिमियर लिग खेल्नुहुन्थ्यो । यस सिजनमा ४२ गोल गर्दै उहाँले सबै कीर्तिमान आफ्नो नामसमेत लेखाउनु भएको थियो । अर्कातिर त्यसबेला बलिउड ब्युटीक्वीन बिपासा बासुसँगको उहाँको तस्वीरले सनसनी मच्चाएको थियो ।


दुवैले लिस्बेनस्थित लुइज स्टेडियममा आयोजना गरेको एक पार्टीमा सहभागिता जनाउनुभएको थियो । यस स्टेडियमलाई विश्वको आश्चार्यमध्येको एक मानिन्छ । दुवैजनाले उक्त पार्टीमा डिस्कोसहित खुब मस्ती गर्नुभएको थियो ।

तर, अर्कोदिन एक अंग्रेजी म्यागेजिनले सार्वजनिक गरेको उहाँहरूको एक तस्वीरले सनसनी मच्चायो । उक्त पार्टीमा दुवैजनाले लिप चुम्बन गरिरहेको तस्वीर म्यागेजिनले छापेको थियो । जुन त्यसबेला निकै चर्चाको विषय बन्यो । त्यसबेला बिपासा बलिउड अभिनेता जोन अब्राहमसँग रिलेसनसिपमा हुनुहुन्थ्यो । २००३ देखि उहाँहरू एक अर्कालाई डेट गरिरहनुभएको थियो ।

रोनाल्डोसँगको उक्त घटनापछि प्रतिक्रिया दिँदै बिपासाले रोनाल्डोसँग भेट्दा आफ्नो सपना पूरा भएको प्रतिक्रिया दिनुभएको थियो । ‘रोनाल्डो निकै क्युट थिए । उनले मलाई पनि क्युट छौं भन्दा म आश्चार्यमा परे । उनी मेरा राम्रा साथी हुन् । आफ्ना सबै खेलमा मलाई बोलाउने वाचा गरेका छन्,’ बिपासाले रोनाल्डोसँगको भेटपछि भन्नुभएको थियो ।

चुम्बनको तस्वीरबारे भने बिपासाले हालसम्म स्पष्ट केही भन्नुभएको छैन । उहाँ आफूहरू डान्स गर्दै गर्दा कसैले उक्त मुमेन्टको फाइदा उठाउँदै तस्वीर खिचेको हुनसक्ने भन्दै पन्छिने गर्नुभएको छ । त्यस घटनापछि जोन अब्राहमसँग बिपासाको ब्रेकअप भएको थियो । २०१२ मा भने बिपासाले करणसिंह ग्रोभरसँग बिहे गर्नुभयो ।


Views: 98