काठमाडौं । मिस तामाङ २०२१ आयोजना हुनेभएको छ । बिहीबार काठमाडौंस्थित हिमालयन रिमठिम क्याँफेमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
एभरेष्ट फेसन होमद्वारा आयोजना गरिएको १३औं संस्करणको मिस तामाङका लागि आवेदन खुला गरिएको छ । तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभूषा, रीतिरिवाज र रहनशहनलाई तामाङ युवामाझ पु¥याउने उद्देश्यले विगत २००९ देखि यो प्रतियोगिता निरन्तरता दिँदै आएको होमका अध्यक्ष रञ्जिता ब्लोन तामाङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभएको छ, ‘आफ्नो सुन्दरतासँगै आफू जन्मेको भूमि, कला र संस्कृतिलाई जगेर्ना गर्नु हाम्रो कर्तव्य हो ।’ सहभागिताका लागि तामाङ जाति हुनुपर्ने, उमेर १६ देखि २८ वर्षको हुनुपर्ने, उचाइ कम्तीमा ५ फिट, शैक्षिक योग्यता एसइई तोकिएको छ । आवेदनका फारम खुला गरिएको छ भने माघ ९ गते अन्तिम समय तोकिएको छ ।
‘माघ १० गते छनौट गरी माघ १४ बाट तालिम सुरु हुनेछ’, अध्यक्ष ब्लोन भन्नु भयो, ‘आवेदनका लागि एभरेष्ट फेशन होम, पुतलीसडकमा सम्पर्क गर्न सक्नेछ ।’ मिस तामाङ विजेताले नगद १ लाख रुपैयाँ, सिल्भर क्राउन र गिफ्ट हृयाम्पर पाउनेछ । यस्तै फष्ट रनरअपले ५० हजार रुपैयाँ, सिल्भर क्राउन र गिप्ट हृयाम्पर र सेकेण्ड रनरअपले नगद ३० हजार रुपैयाँ, सिल्भर क्राउन र गिफ्ट हृयाम्पर पाउनेछ । यसैगरी १० वटा सवटाइटल विजेतालाई पुरस्कृत गरिनेछ ।
मिस तामाङ सहभागिताले एक महिनाको तालिम दिइनेछ । तालिम अवधिमा तामाङ भाषा, व्यक्तित्व विकास, तामाङ जातिको इतिहास, शृंगार, ऐतिहासिक ठाउँको भ्रमण, फोटोसुट, सामाजिक कार्य अनुभव, आत्मविश्वास, सवाल जवाफ, क्याटवाक जस्ता दक्षता बनाइनेछ ।
Views: 80