22nd January | 2021 | Friday | 10:59:48 AM

‘तिम्रो मेरो साथ’को छायांकन सुरु

  POSTED ON : पुष २८, २०७७ (८:०४ AM)

‘तिम्रो मेरो साथ’को छायांकन सुरु

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहने फिल्म ‘तिम्रो मेरो साथ’को छायांकन सोमबारबाट काठमाडौंको डिल्लीबजारदेखि सुरु भएकोे छ । प्रेमकथामा बन्न लागेको चलचित्र रमेश एम के पौडेलले निर्देशन गर्दै हुनुहुन्छ । पौडेलकै कथा, गीत र निर्माणमा रहेको चलचित्रको नाम यसअगाडि ‘रेड वाइन’ राखिएको थियो । अहिले नाम परिवर्तन भएर ‘तिम्रो मेरो साथ’ भएको हो ।

चलचित्रमा साम्राज्ञीको अलवा पुष्प खड्का, सरोज खनाल, सन्दीप क्षेत्री, खबपु, इमिली लामालगायतको अभिनय रहनेछ । चलचित्रको विशेष भूमिकामा अभिनेता ध्रुवदत्त प्रस्तुत हुनेछन् । आर्यन फिल्मस् तथा बोधी एचडी अमेरिकाको व्यानरमा बन्न लागेको सो चलचित्रका निर्माता पासाङ लामा र सहनिर्मातामा निरु भण्डारी, सुमन पौडेल र सुधीर पराजुली रहनु भएको छ । सवीर श्रेष्ठको पटकथा र सम्वाद रहेको फिल्म नेपाल र अमेरिकामा छायांकन हुने निर्माण युनिटले बताएको छ ।


Views: 35

सम्बन्धित सामग्री:

‘घिन्ताङ’मा गौरव र एलिजा

: माघ ९, २०७७ (९:११ AM)

छायांकनमा गणपति

: माघ ९, २०७७ (९:०९ AM)