मुम्बई । बलिउड अभिनेत्री अभिनेत्री प्रियंका चोपडा र उनका श्रीमान् निक जोनस यतिबेला लण्डनमा हुनुहुन्छ । प्रियंका जोश वुडको स्टाइलिस सैलुनमा आफ्नी आमा मधु चोपडासँग लकडाउनको नियम तोडेको बताइएको छ । यद्यपि, प्रियंका चोपडा र जोश वुडमाथि जरिवाना भने लगाइएको छैन ।
प्रहरीका प्रवक्ता मेल अनलाइनसँगको कुराकानीमा प्रहरीलाई बेलुका ५ः४० मा यसबारे जानकारी दिइएको बताइएको छ । हेयर ड्रेसरले लकडाउनको नियम उल्लंघन गरेको बताइएपछि प्रहरी सैलुनमा पुगेको र सैलुनका मालिकलाई कोभिड–१९ सँग सम्बन्धित सबै नियम पालना गर्न निर्देशन दिइएको जनाइएको छ । उहाँमाथि कुनै जरिवाना नतोकिएको जानकारीमा उल्लेख छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनद्वारा युकेमा लकडाउनको घोषणा गरिएको थियो । प्रियंका चोपडा बाहिर निस्कनु नै नियमको उल्लंघन बताइएको छ । सोमबार प्रधानमन्त्रीबाट बेलायतमा बस्ने सबैलाई नियमको कडासँग पालना गर्न निर्देशन दिइएको थियो ।
Views: 59