काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को छैटौं संस्करण सुरु भएको आयोजक नेक्स्ट मोडल्स नेपालले जानकारी गराएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै ‘मोडल हन्ट नेपाल’को नयाँ सेसनका लागि आवेदन खुला भएको जानकारी दिँदै १६ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउनसक्ने बताइएको छ ।
प्रतियोगितामा युवाको हकमा कम्तीमा ५ फिट ६ इन्च उचाइ तथा युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उचाइ हुनुपर्ने मुख्य प्रावधान राखिएको छ । उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउनसक्ने व्यावसाहिक मोडल उत्पाद गर्ने उद्देश्यले विगत ६ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षणसमेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताउनु भएको छ ।
प्रतियोगिताका लागि पहिलो चरणको अडिशन अगामी माघ १० गते काठमाडांैमा आयोजना हुँदैछ । पहिले चरणको प्रतियोगितामा छानिएका प्रतियोगीलेमात्र फाइनल प्रतिस्पर्धामा सहभागी जनाउन सक्नेछन् ।
फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई मोडलिङसम्बन्धी व्यक्तित्व विकास, शारारिक बनावट, मोडल हिँडाइ, आत्मविश्वास, एटिट्युडलगायत विभिन्न थिममा आधारित फोटोसुट, रनवे प्रस्तुतीकरण लगायत ३५ दिनको ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।
प्रतियोगिताको विजेताले नगद एक लाखसहित उपाधिका साथमा दक्षिण कोरियामा सञ्चालन हुने ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिताको अवसर प्राप्त गर्नेछन् भने मोडलिङको विभिन्न विधा तथा मिडिया विशेष अवसर प्राप्त गर्नेछन् । यसबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा सहभागिता, वेभ म्यागाजिनको कभर पेजमा तस्वीरको अवसरसमेत प्राप्त आयोजक जनाएको छ ।
Views: 35