5th March | 2021 | Friday | 8:32:39 AM

छायांकनमा गणपति

  POSTED ON : माघ ९, २०७७ (९:०९ AM)

छायांकनमा गणपति

काठमाडौं । नयाँ चलचित्र ‘गणपति’को छायांकन सुरु भएको छ । अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको मुख्य अभिनय रहने यो चलचित्रको बिहीवार तनहुँ बन्दीपुर गाउँपालिका थारुबासबाट छायांकन सुरु भएको हो । छायांकनका लागि निर्माण टिम बुधवार त्यसतर्फ प्रस्थान गरेको थियो । गाउँले परिवेशमा खिचिने चलचित्रको सम्पूर्ण छायांकन बन्दीपुरमा नै हुनेछ ।

सविन अधिकारीले निर्देशन गरिरहनु भएको यो चलचित्रमा उहाकै कथा, पटकथा तथा संवाद रहेको छ । चलचित्रमा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीको लगानी छ । चलचित्रमा मुकुन र मेनुकासँगै सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, शुशील पोखरेल, श्रीदेव वि.एल लगायतको पनि अभिनय रहनेछ ।

चलचित्रको गीतमा अनिस अधिकारीले शब्द तथा संगीत भर्नुभएको छ । अनिस अधिकारी र देवेन्द्र बब्लुले आवाज दिनु भएको छ । त्यस्तै, गोविन्द शाहीले देशभर वितरण अधिकार दिएको चलचित्रको ओभरसिज राइट्स स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले लिएको छ । ‘गणपति’ नाम धार्मिक सुनिए पनि चलचित्रमा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिने निर्देशक अधिकारीले बताउनु भएको छ । 

चलचित्रमा हरिबहादुर घलेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी र मौसम बस्नेतको ड्रेस रहनेछ । त्यस्तै, शंखर धिताल एशोसिएट डाइरेक्टर, सन्तोष पौडेल मुख्य सहायक निर्देशक, कुमोद शर्मा सहायक निर्देशक, सुवास मगर फोटोग्राफर, बेदनाथ धमला, किरण मगर प्रोडक्सन र उत्तम अर्याल मुख्य सहायक छायाँकारको रुपमा हुनुहुन्छ । 


Views: 236

सम्बन्धित सामग्री:

‘आँधी तुफान २’ निर्माण घोषणा

: फाल्गुन २१, २०७७ (८:११ AM)

घमेश दुलालको वनमा खयर

: फाल्गुन २१, २०७७ (८:१० AM)