8th March | 2021 | Monday | 5:05:04 AM

अर्कोबर्ष ‘परदेशी २’ को आश

  POSTED ON : माघ १२, २०७७ (१०:०१ AM)

अर्कोबर्ष ‘परदेशी २’ को आश

काठमाडौं । यो बर्ष आशलाग्दा नेपाली चलचित्र प्रदर्शन हुने आश सेलाउदै गएको छ । दैनिक सयौं कोरोना संक्रमित भेटिइरहदा दर्शक हलसम्म पुग्न सकेका छैनन् । हल खुलेपनि चलचित्र प्रदर्शन गर्न निर्माताहरु डराइरहेको अवस्था छ । आँट गरेर प्रदर्शन गरिएका चलचित्र हेर्न दर्शक हलसम्म पुगेका छैनन् । त्यसैले यो बर्षका लागी चलचित्र प्रदर्शन गर्ने आँट निर्माताहरुले गन सकेको देखिदैन । 

यसैबिच एक आशलाग्दो चलचित्र ‘परदेशी २’को प्रदर्शन मिति तोकिएको छ । यो बर्ष नभई आउँदो बर्ष (२०७८)को दशैंमा प्रदर्शन गर्ने निर्माण टिमले उद्घोष गरेको छ । तर उक्त समयमा कोरोना कहर कस्तो रहन्छ र हलमा दर्शकको संख्या कस्तो रहन्छ निर्माण टिमले पनि अनुमान लगाउन सकेको छैन । परदेशी चलचित्र सुपरहिट चलचित्र हो, त्यसैले परदेशीको सिक्वेल परेदशी २ माथि निर्माण टिमको ठुलो आशा छ । दर्शकले पनि यो चलचित्रलाई बिशेष रुपमा हेरेकाछन् ।  परदेशी २ मा लोकगीत क्षेत्रका लोकप्रिय कलाकार प्रकाश सपुतले चलचित्रमार्फत डेब्यु गर्दै हुनुहुन्छ । त्यसैले दर्शकमा पनि थप उत्सुकता थपिएको छ ।

चलचित्रका निर्देशक नारायण रायमाझीले चलचित्रको कथा दशैंको परिवेशसँग जोडिएकाले प्रदर्शन पनि दशैंलाई नै रोजिएको बताउनु भएको छ ।  लकडाउनभन्दा अगाडि ५० प्रतिशत छायांकन भएको यो चलचित्रको बाँकी छायांकन दशैंपछि गरिएको थियो । पोखरा, पाल्पा, चितवन, काठमाडौं लगायतका स्थानमा छायांकन भएको चलचित्रले अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरुको विषयवस्तु उठान गरेको छ ।

नारायण इन्टरनेशनलको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले मिलेर चलचित्र निर्माण गर्नुभएको हो । रमेश विजीको कथा रहेको चलचित्रमा दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बब्लू लगायतको अभिनय रहेको छ । 

सुदिप कुँवर मुख्य सहायक निर्देशक रहेको चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन छ । 


Views: 89

सम्बन्धित सामग्री:

आफ्ना जोक्स आफैं सुनाउँछन् राजेश

: फाल्गुन २२, २०७७ (९:५२ AM)

‘आँधी तुफान २’ निर्माण घोषणा

: फाल्गुन २१, २०७७ (८:११ AM)