27th February | 2021 | Saturday | 3:47:38 PM

रुचाइँदै लिजेन्डरीको फूलबुटे सारी

  POSTED ON : फाल्गुन ७, २०७७ (९:५९ AM)

रुचाइँदै लिजेन्डरीको फूलबुटे सारी

काठमाडौं । चर्चित गीत ‘फूलबुट्टे सारी’को लिजेन्डरी भर्जन सार्वजनिक भएको केही दिनमै राम्रो प्रतिक्रिया पाउन सफल भएको छ । युवापुस्ता माझ लोकप्रिय बनिसकेको यो गीतको लिजेन्डरी भर्जनमा दिग्गज गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठको स्वर छ । गीत श्रीपञ्चमीको दिन सार्वजनिक गरिएको हो ।

भिडियोमा मदनकृष्ण र मिथिला शर्माको जोडी बाँधिएको छ । राजनराज शिवाकोटीको शब्द र संगीत रहेको यस गीतको फिमेल र बेबी भर्जनले पनि निकै लोकप्रियता कमाएको छ । पार्किन्सनका कारण उहाले गायन क्षेत्रबाट बिदा लिने निर्णय लिइसक्नु भएको थियो । तर गीत राम्रो भएकाले आफूले सकेसम्म गीत गाउने कोसिस गरेको बताउनु भएको छ । 

उहाँले भन्नुभएको छ, ‘आफूले सकुन्जेलसम्म गाउन छाड्नु हुन्छ । अन्य गीतमा कोसिस गर्नेछु । अफर आएमा गीत हेरेर गाउनेछुनत्र आफैंले बनाएर पनि गाउने तयारीमा छु ।’ यो गीतको भिडियोलाई युट्युबमा सार्वजनिक भएको दुई दिनमै ११ लाखभन्दा बढी पटक हेरिएको छ । अन्य भर्जनलाई भने अहिलेसम्म करोडभन्दा बढीपटक हेरिसकिएको छ । 


Views: 46

सम्बन्धित सामग्री:

अनानिकीलाई कलाकारको साथ

: फाल्गुन १४, २०७७ (८:४१ AM)