27th February | 2021 | Saturday | 3:29:01 PM

युवा प्रेरक जमुनाको गायनमा निरन्तरता

  POSTED ON : फाल्गुन ११, २०७७ (९:३१ AM)

युवा प्रेरक जमुनाको गायनमा निरन्तरता

काठमाडौं । युवा प्रेरक जमुना वन गायनमा पनि उत्तिकै सक्रिए हुनुहुन्छ । विशेषगरी सकारात्मक परिवर्तनका लागि युवाहरूमाफ विभिन्न ठाउँमा तालिम दिँदै हिँड्ने जमुनाको अहिले गीतसंगीतमा लगाव बढेको देखिन्छ । 

यसअघि ‘सम्हाल्ने मुटुलाई’ बोलको गीत गाउनुभएकी जमुनाले अहिले फेरि नयाँ गीत सार्वजनिक गर्नुभएको छ । सोमबार ‘स्वर्ग झैं लाग्छ’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । गीतमा पूजा लामाको शब्द रहेको छ भने सुरज तामाङले कम्पोज गर्नुभएको छ । एरेन्ज भने देवेश राईले गर्नुभएको छ । 

गीतबारे बोल्दै जमुनाले दर्शक तथा श्रोताबाट प्रतिक्रियाको अपेक्षा गर्नुभएको छ । ‘मैले धेरै गीत गाएकी त छैन तर समय समयमा गीतसंगीतमा पनि निरन्तरता दिनुपर्छ भन्ने लाग्छ’ जमुनाले हिमालय टाइम्ससँग भन्नुभयो । ‘अहिलेको गीत पनि मिहिनेतका साथ बनाएका छौं आशा छ दर्शक श्रोतामाफ मनपर्छ ।’ जमुनाले आफूलाई गीतसंगीतमा लाग्न साथीभाइले उत्प्रेणा दिएको बताउनुभयो । गीतको भिडियोमा सम्राट डिवन र टुटुना बथारीको अभिनय छ । भिडियो न्युटोन लांथासाको निर्देशन छ । पृथ्वीराज दुत्ताको छायांकन छ ।


Views: 99

सम्बन्धित सामग्री:

अनानिकीलाई कलाकारको साथ

: फाल्गुन १४, २०७७ (८:४१ AM)