2nd March | 2021 | Tuesday | 6:40:26 AM

मिस इको इन्टरनेशनलमा अनुश्मा जाने

  POSTED ON : फाल्गुन ११, २०७७ (९:३२ AM)

मिस इको इन्टरनेशनलमा अनुश्मा जाने

काठमाडौं । आउँदो मार्च १८ देखि जुन ५ सम्म इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२१’ मा नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने हुनुभएको छ । मिस इकोका लागि आधिकार प्राप्त नेपाली संस्था ग्रीन आर्ट मिडियाले उक्त प्रतियोगितामा नेपाली प्रतिनिधिको रूपमा रायमाझीलाई पठाउन लागेको हो । 

रायमाझी ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’को विजेता भएपछि छानिनु भएको हो । ६० बढी देशका इको सुन्दरीहरूको सहभागिता रहने प्रतियोगिताका लागि रायमाझी नेपालबाट एक्लो सहभागी हुनुहुनेछ । २१ वर्षीय रायमाझी प्रतियोगिताका लागि मार्चको पहिलो साता इजिप्ट उड्ने तयारीमा हुनुहुन्छ । कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थानको प्रतियोगितामा आफूले प्रचार गर्ने उहाँले बताउनुभएको छ । 

मिस इको इन्टरनेशनलको रायमाझी नेपालको छैटौं सहभागी हुनुहुन्छ । यसअघि प्रतियोगिता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचनले, मौनता लामा सहभागिता जनाउनु भएको थियो । मिस इको इन्टरनेशनल’ एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल टि.सि.पि. अर्गनाइजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्ने छ ।

‘मिस इको इन्टरनेशनल’को उपाधि नेपाल भित्रिने आसासहित रायमाझीलाई प्रतियोगितामा पठाउन लागिएको ग्रीन आर्ट मिडियाका सिइयो प्रवीन लाकौलले बताउनुभयो । ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रूपमा रहनु भएको छ ।


Views: 50

सम्बन्धित सामग्री: