11th April | 2021 | Sunday | 6:27:39 PM

घमेश दुलालको वनमा खयर

  POSTED ON : फाल्गुन २१, २०७७ (८:१० AM)

घमेश दुलालको वनमा खयर

काठमाडौं । डेढदेखि दुई दशकअघि नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा अत्यधिक व्यस्त र चर्चामा रहनुभएका गायक घमेश दुलाल पछिल्लो समय पुनः गीतसंगीतमा सक्रिए देखिनुभएको छ । काठमाडौंको अनामनगरमा उहाँले एक्सन स्टुडियो नेपाल रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याएसँगै उहाँको सक्रिएता बढेको देखिन्छ । यसैबीच उहाँले गाएका गीत सार्वजनिक हुन थालेका छन् ।

हालै गायक दुलालको ‘वनमा खयर’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । गीतमा घमेशसँगै पछिल्लो समयकी प्रतिभाशाली गायिका प्रविशा अधिकारीको स्वर छ । गीतको रचना शिव हमालले गर्नुभएको हो । गीतमा संगीतकार तथा गायक प्रभावन जे को संगीत छ । घमेश र प्रभावन जे दुई दशकअघिदेखि रेडियो नेपालमा गीत गाउँदादेखिका दौंतरीसमेत हुनुहुन्छ । गीतको संगीत संयोजन चर्चित एरेन्जर कमल सौरागले एरेन्जर गर्नुभएको हो । 

डिएआर मुभिजको अफिसियल युट्युब च्यानलबाट भिडियो सार्वजनिक भएको छ । भिडियोमा चर्चित कलाकार बुद्धि तामाङ, सत्यकला बम्जन र पुरु सिग्देलको अभिनय छ । वरिष्ठ नृत्य निर्देशक कमल राईले भिडियो निर्देशन गर्नुभएको छ भने छायांकन हरिष मेहेरा, कलर तथा सम्पादन डिनशन शाहले गर्नुभएको छ । सोलुखुम्बुको रमणीयस्थलमा भिडियो छायांकन गरिएको डिएआर मुभिजका विवेक चौलागाईले बताउनुभएको छ ।


Views: 56