11th April | 2021 | Sunday | 5:47:07 PM

‘आँधी तुफान २’ निर्माण घोषणा

  POSTED ON : फाल्गुन २१, २०७७ (८:११ AM)

‘आँधी तुफान २’ निर्माण घोषणा

काठमाडौं । आजभन्दा १४ वर्षअघिको सफल चलचित्र ‘आँधी तुफान’कै नाममा ‘आँधी तुफान २’ चलचित्र निर्माण घोषणा गरिएको छ । बिहीबार काठमाडांै मलस्थित डाड्युपन्यु रेष्टुरेण्ट आयोजित एक कार्यक्रमबीच फिल्म निर्माण घोषणासँगै चलचित्र निर्माण टिम र कलाकार चिनाइयो । 

मौनता श्रेष्ठको लगानी रहने यो चलचित्रमा उहाँकै कथा रहेको छ । मदन घिमिरेको निर्देशन रहने चलचित्रमा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराल, कनिज कोइराला, सञ्जय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सवेदी, पुनम गौतम, सान, अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रूपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराजलगायतको अभिनय रहनेछ । 

कार्यक्रममा चलचित्र निर्माता संघका महासचिव रोज राणा, वितरक निर्माता गोपाल कायस्थ, निर्माता तथा चलचित्र वितरक सुशील पोखरेललगायतले फिल्म निर्माण सफलताका लागि शुभकामना दिनुभयो । थ्रिलर र सस्पेन्स विषयमा भरपुर नारी एक्सन समेटिएर फिल्म निर्माण हुन लागेको निर्देशक मदन घिमिरेले बताउनुभयो ।

अगामी चैतको पहिलो साताबाट छायांकनमा निस्कने चलचित्रमा रामशरण उप्रेतीको छायांकन, पैृम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ । चलचित्रको निर्माण नियन्त्रकमा नारयण चालिसे रहनु भएको छ । 


Views: 71