11th April | 2021 | Sunday | 6:55:42 PM

अब चैत २७ मा ‘गुड फ्रेण्ड’

  POSTED ON : चैत्र २०, २०७७ (९:०७ AM)

अब चैत २७ मा ‘गुड फ्रेण्ड’

काठमाडौं । नयाँ वर्ष ०७८ को अवसर पारेर ‘गुड फ्रेण्ड’ नामक फिल्म चैत २७ मा प्रदर्शन हुने भएको छ । साथी–साथीबीचको सम्बन्ध, प्रेम र समर्पणको कथामा निर्माण गरिएको फिल्मको ट्रेलर बुधबार साइराम पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

पहिला चैत २० मा हलमा आउने भनिए तापनि अब यो फिल्म यही महिनाको २७ मा दर्शकमाझ आउने पक्का भएको छ । राजबहादुर सानेको निर्देशनमा बनेको फिल्ममा मुकेश ढकाल, सविना कार्की, राज सिंह, दीपकविक्रम शाही, एलवी कटुवाल, राजन महर्जन, वसन्त बर्मा, पूजा महर्जन, धीरज खत्री र भूमिका सापकोटा मुख्य भूमिकामा हुनुहुन्छ । 

बिजी बर्मा फिल्मस्को व्यानरमा वसन्त बर्माको प्रस्तुति रहेको फिल्मको निर्मातामा वसन्त बर्मा, राज सिंह र पम्फा बर्मा अनि सहनिर्मातामा बारुफ बर्मा र पारुबी बर्मा हुनुहुन्छ । फिल्मको गीतमा संजय लामा बलको संगीत, प्रदीप खड्काको द्वन्द्व निर्देशन र सम्पादन प्रवल प्रधानको छ । 

केही वर्षअघि नै निर्माण सम्पन्न भए तापनि प्रदर्शनका लागि उचित समय पर्खँदा नयाँ वर्ष ०७८ भेटिएको निर्माण पक्षले जनाएको छ । ‘गुड फ्रेण्ड’ दर्शकलाई सधंै ताजानै लाग्ने विश्वास निर्माताको छ । निर्देशक सानेले आफ्नो फिल्मले साथी–साथीबीचको प्रेम बोल्ने बताउनुहुन्छ । 


Views: 52