16th May | 2021 | Sunday | 1:41:57 AM

रजनीलाई ’हेर्देउन मायाले’ भन्दै तक्मे बुडा (भिडियो )

हिमालय टाइम्स   POSTED ON : चैत्र ३१, २०७७ (५:४३ PM)

रजनीलाई ’हेर्देउन मायाले’ भन्दै तक्मे बुडा (भिडियो )

काठमाडौँ । निमा तामाङको स्वर र बादल लिम्बुको संगीतमा रहेको ’हेर्देउन मायाले’ बोलको  म्युजिक भिडियो सार्वजनिक भएको छ।  

लोकलयमा आधारित यस गीतमा  लभद्रकला आङबुहाङ राईको शब्द रहेको छ। म्युजिक भिडियो  विल्सन विक्रम राई ( तक्मे बुडा ), रजनी गुरुङ  बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।  भिडियोमा निमा तामाङ, सुजन राई र बिशाल लिम्बुको समेत अभिनय देख्न सकिन्छ।

पाँचथरको सुन्दर दृश्य समावेश गरिएको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन्। भिडियोमा  विल्सन विक्रम राईको कन्सेप्ट र कोरियोग्राफी रहेको छ।  किरण राईको छायांकन र सम्पादनमा भिडियो तयार पारिएको हो।  तक्मेबुडा डट कम मार्फत भिडियो सार्वजनिक गरिएको हो।  


Views: 112