16th May | 2021 | Sunday | 2:47:15 AM

दोस्रो ज्योति फिल्मस् म्युजिक अवार्ड, ३८ विधामा अवार्ड वितरण

  POSTED ON : बैशाख ३, २०७८ (९:०० AM)

दोस्रो ज्योति फिल्मस् म्युजिक अवार्ड, ३८ विधामा अवार्ड वितरण

काठमाडौं । गत वर्षदेखि ज्योति फिल्मस्ले आयोजना गर्दै आएको ‘ज्योति फिल्मस् म्युजिक अवार्ड’ को दोस्रो संस्करणमा ३८ विधाको अवार्ड वितरण गरिएको छ । ‘हाम्रो अभियान कलाकारलाई सम्मान’ भन्ने नाराका लागि नेपाली गीतसंगीतको क्षेत्रमा नयाँ तथा पुराना कलाकार, प्राविधिकलाई सम्मान गरियो । 

गएको चैत २९ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अवार्ड समारोहमा एक वर्षभित्रका नेपाली लोक तथा दोहोरी तथा सुगम संगीतका गीतहरूका गायक, गायिका, गीतकार, संगीतकार, एरेन्जर र निर्देशकहरूलाई विभिन्न विधामा अवार्ड वितरण गरिएको थियो । आयोजक संस्थाका सञ्चालक निरेन श्रेष्ठले पछिल्लो समय थुप्रै अवार्ड भइरहँदा आफूहरूले आयोजना गरेको अवार्ड फेयर भएको र आगामी दिनमा फेयर गर्ने अठोट लिनुभयो । उहाँ भन्नुहुन्छ, ‘हाम्रो चाहना नेपाली गीतसंगीतका उत्कृष्ट गीतहरूले अवार्ड पाउनुपर्छ । नवकलाकारलाई प्रोत्साहन गर्नुपर्छ ।’

समारोहमा लामो समयदेखि रंगपत्रकारिता गर्दै आउनुभएका हिमालय टाइम्सकर्मी गोपिकृष्ण चापागाईंलाई पत्रकारिता सम्मान गरिएको थियो । उहाँसँगै रंगपत्रकार शिशिर भण्डारी सम्मानित हुनुभएको थियो ।  अवार्ड समारोहमा प्रमुख अतिथिका रूपमा पूर्वअर्थमन्त्री रामशरण महत रहनुभएको थियो । त्यसैगरी विशेष अतिथिहरूमा संगीतकार तथा गायक शम्भुजीत बास्कोटा, कुमार बस्नेत हुनुहुन्थ्यो । प्रमुख अतिथि महतले नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याउने र उक्त योगदान पु¥याएबापत अवार्ड पाउने सबैलाई बधाई दिनुभयो । साथै नेपाली संगीतको क्षेत्र पछिल्लो समय राम्रो भइरहेको र राम्रो बनाइराख्न र अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन सबै कलाकारलाई आग्रह गर्नुभयो । 


Views: 119