16th May | 2021 | Sunday | 3:17:22 AM

‘पिरतीको लुडो’ सार्वजनिक

  POSTED ON : बैशाख १३, २०७८ (८:३४ AM)

‘पिरतीको लुडो’ सार्वजनिक

काठमाडौं । अभिनेत्री सुजता सिटौलाद्वारा निर्मित ‘पिरतीको लुडो’ बोलको गीतको भिडियो ओएसआर डिजिटल प्रालिमार्फत सार्वजनिक गरिएको छ । नायिका तेजुला खतिवडा, यसराज गरचलगायतले अभिनय गर्नुभएको गीतको भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा शिला विष्ट ‘अलि’ र विपिन घिमिरेको स्वर रहेको छ । गीतलाई लक्ष्मी पौडेलले लेख्नुभएको हो भने राजन इसानको एरेञ्ज छ । लुजा सिंहको निर्देशन र नरेशवीर सिंहको कोरियोग्राफ रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ ।


Views: 89