16th May | 2021 | Sunday | 3:28:02 AM

अक्सिजन सिलिन्डर उपलब्ध गराउँदै अभिनेत्री सुस्मिता

  POSTED ON : बैशाख १७, २०७८ (८:४८ AM)

अक्सिजन सिलिन्डर उपलब्ध गराउँदै अभिनेत्री सुस्मिता

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण यतिबेला विश्वभरका देशमा औषधिका अभाव भइरहेको छ । कोरोना लागिसकेपछि गाह्रो हुँदा दिइने अक्सिजनको अभाव धेरै देशमा भइरहेको छ ।
नेपाल र भारतमा पनि दिनप्रतिदिन हजारौंको संख्यामा कोरोना संक्रमित बढिरहेका छन् । भारत र नेपालमा पनि अक्सिजन सिलिन्डरको अभावले कयौं मानिसहरूले अकालमा ज्यान गुमाउन बाध्य बनेका छन् । अक्सिजन अभावले अकालमा ज्यान गुमाउन नपरोस् भन्दै बलिउड अभिनेत्री सुस्मिता सेनले दिल्लीका विभिन्न अस्पताललाई अक्सिजन सिलिन्डर उपलब्ध गराउने हुनुभएको छ ।
सेनले दिल्लीका विभिन्न अस्पताललाई अक्सिजन सिलिन्डर दिन लागेको जानकारी दिनुभएको छ । अक्सिजन दिने व्यवस्था गरे तापनि आफूले अक्सिजन दिल्ली पु¥याउन नसकिरहेको बताउनु भएको छ । उक्त कुरालाई उनले सामाजिक सञ्जाल ट्विटरमा व्यक्त गर्नुभएको छ ।
उहाँले ट्विटरमा लेख्नुभएको छ, ‘अहिले जताततै अक्सिजनको अभाव छ । यो निकै दुःखद् हो । मैले केही अक्सिजनका सिलिन्डरको व्यवस्था गरेको छु । तर मुम्बईबाट दिल्लीसम्म पु¥याउने उपाय भेटिएन...कृपया मलाई सहयोग गर्नुहोला ।’

Views: 62