15th June | 2021 | Tuesday | 9:38:20 AM

राधे रिलिजका लागि जिस्टुडियोको १९० करोडमात्र

एजेन्सी   POSTED ON : बैशाख २९, २०७८ (९:०० AM)

राधे रिलिजका लागि जिस्टुडियोको १९० करोडमात्र

मुम्बई । अहिलेको कोरोना भाइरसको माहामारीबीच विश्वमै चलचित्र निकै कम बनेका छन् र प्रदर्शन निकै कम भइरहेका छन् । हलहरु पूर्णरूपमा बन्द भइरहँदा डिजिटल प्लेटफर्ममार्फत चलचित्र रिलिज हुनेक्रम बढिरहेको छन् । यसैबीच बलिउड अभिनेता सलमान खान अभिनित सिनेमा ‘राधे’को प्रदर्शन मितिको दर्शक पर्खाइमा छन् ।

इदको अवसरमा रिलिज हुने तयारीमा रहेको यस चलचित्रलाई जी स्टुडियोले २ सय ३० करोडमा किनेको थियो । तर, सिनेमा प्रदर्शनको मुखमै आएर कोरोना महामारीका कारण सलमानले स्टुडियोमा ४० करोड मिनाह गर्दै १ सय ९० करोडमा डिल फाइनल गरेका छन् ।

हाइब्रिड रिलिज राधे ओटिटीका लागि दोस्रो ठूलो रिलिज हो । अक्षयकुमारको ‘लक्ष्मी’ ओटीटीमा रिलिज हुने पहिलो ठूलो सिनेमा थियो । तर हलमा रिलिज हुन लागेको सिनेमा जी प्लेक्सले किनेसँगै यसको मूल्यको बारेमा धेरैलाई चासो थियो । महामारीलाई ख्याल गर्दै सलमान केही पैसा कम गर्न तयार भएपछि १ सय ९० करोडमा कुरा मिलेको हो । 

विदेश र हलमा चलेको कमाइ भने पूर्वरिलिजको अवस्थामा जस्तै निर्माताको हुनेछ । जी स्टुडियोका विभिन्न च्यानलसँगै राधे विश्वका ४० देशमा रिलिज हुँदैछ । भारतकै केही राज्यका सिंगल थिएटरमा सिनेमा रिलिज हुन लागेको बताइएको छ । ओटिटीमा सिनेमा हेर्न भारतीय दर्शकले २ सय ४९ रुपैयाँ तिर्नुपर्नेछ ।


Views: 65