15th June | 2021 | Tuesday | 9:09:30 AM

‘म मरे भने त यो शहरको डेरामा...’ भन्दै फुलारा

  POSTED ON : जेठ १, २०७८ (८:५३ AM)

‘म मरे भने त यो शहरको डेरामा...’ भन्दै फुलारा

काठमाडौं । साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भने त यो शहरको डेरामा...’ सार्वजनिक भएको छ । 

‘म मरे भने त यो सहरको डेरा मा 

खै कतिन्जेल कुहिन्छु होला’ गीतको भिडियो शुक्रबार सार्वजनिक भएको हो ।

बाबुल गिरीको संगीत तथा एरेञ्ज रहेको गीतमा बाबुलकै स्वर रहेको छ । द पिक स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा दिनेश राजबाहकको मिक्सिङ छ भने जनकराज खकुरेलको स्वरांकन छ । 

सञ्जित सागर मगरको निर्देशन रहेको गीतको भिडियोमा विश्वास भण्डारीको छायांकन तथा सम्पादन र कृतिका श्रेष्ठको शृंगार छ । भिडियोमा फुलारा र बाबुललाई फिचर्ड गरिएको छ । गीतमा शहरको भीडमा एक्लो भएको भाव व्यक्त गरिएको छ । भिडियो गीतकार फुलाराको आफ्नै आधिकारिक युट्युब च्यानल फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक गरिएको छ ।

फुलाराका यसअघि ‘जुनसरी बिलाई गयौं...’, ‘कस्तो भाइरस आयो...’ जस्ता गीत लोकप्रिय छन् । यस्तै उहाँका नफापेको मान्छे (उपन्यास), टुहुरो कुण्डली (उपन्यास), नेपाली भाषा र साहित्यको इतिहाँस ः त्यहाँदेखि यहाँसम्म, ओरपान हरस्कोप अंग्रेजी पुस्तक जस्ता कृति पाठकमाझ आइसकेका छन् । 


Views: 132