21st June | 2021 | Monday | 12:57:48 PM

उमेशको सुनसरी इनरुवा सार्वजनिक

हिमालय टाइम्स   POSTED ON : जेठ २७, २०७८ (८:१८ AM)

उमेशको सुनसरी इनरुवा सार्वजनिक

गायक तथा संगीतकार उमेश रेग्मीले सुनसरी जिल्लाको सदरमुकाम इनरुवाको पर्यटकीय प्रवद्र्धन गर्ने उद्देश्यका नयाँ गीत सार्वजनिक गर्नुभएको छ । आफ्नो गृहनगर इनरुवाप्रति समर्पित गर्दै ‘सुनसरी इनरुवा’ एल्बम सार्वजनिक गर्नुभएको हो । 

त्यहि एल्बमको शीर्ष गीतको रिमेक गरी नयाँ भर्सनमा सार्वजनिक गरिएको हो । उमेशको शब्द र संगीतमा गायक रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा रिमेक भर्सन सार्वजनिक भएको हो । गीतका शब्दहरूमा इनरुवा र आसपासका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरूको वर्णनसँगै माया–प्रेमका भावना व्यक्त गरिएको छ भने भिडियोमा इनरुवा बजारसहित रामधुनी, देवीथान, लाटी माई, कंश मरणलगायतका मठ मन्दिरहरूको दृश्य समवेश गरिएको छ । भिडियोलाई जीवन्त बनाउन उमेशले कलाकारहरूको टोलीलाई नै इनरुवा उतारेर छायांकन गराउनु भएको थियो । 

भिडियोमा गायक रामकृष्ण ढकाल र नायिका रिमा विश्वकर्माले अभिनय गर्नुभएको छ । युवराज वाइबाको निर्देशन रहेको भिडियोको छायांकन निलास पौडेलले र सम्पादन विकास दाहालले गर्नुभएको हो । गीतको एरेञ्ज महाराज थापाले गर्नुभएको हो । गीतको भिडियो गोत्र इन्टरटेनमेन्ट युट्युब च्यानलबाट भिडियो सार्वजनिक भएको हो । हाल अमेरिकामा रहेका उमेशले एकपछि अर्को नयाँ गीत सार्वजनिक गरिरहनुभएको छ । 

यसअघि उहाले बाबाको दुई पैसे जागिर बोलको गीत सार्वजनिक गर्नुभएको थियो । केही समयअघि उहाँको ‘वैशाख नि बित्यो’ बोलको अर्को भिडियो सार्वजनिक भएको थियो । त्यसैगरी उमेशकै संगीत र टीका प्रसाईंको स्वरमा रहेको गीत ‘मेरो याद’ को भिडियो सार्वजनिक भएको थियो ।


Views: 56