21st June | 2021 | Monday | 1:16:13 PM

समस्यामा परेकालाई मिस वल्र्ड आयोजकको सहयोग

हिमालय टाइम्स   POSTED ON : जेठ २७, २०७८ (८:२९ AM)

समस्यामा परेकालाई मिस वल्र्ड आयोजकको सहयोग

मिस वल्र्ड आयोजक संस्थाले कोरोना भाइरस महामारी दोस्रो लहरको मारमा परेको नेपालीलाई मिस नेपाल २०१८ की विजेता शृंखला खतिवडाले पहलमा सहयोग उपलब्ध गराएको छ ।

सन् २०१८ को मिस वल्र्ड प्रतियोगितामा शृंलाले ‘ब्युटी विद पर्पोस’को उपाधि जित्नु भएको थियो । त्यतिखेर उहाँले एक आर्किटेक्ट इन्जियरको हैसियतले नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य संस्थाका लागि भवन डिजाइन र निर्माण गर्ने बताउनुभएको थियो । सन् २०२० मा मिस वल्र्डकी अध्यक्ष जुलिया मोर्ले नेपाल भ्रमणमा आउनु भएको थियो । 

त्यतिबेला उनले ब्युटीविद् पर्पोस विधाका लागि शृंखलाको परियोजनालाई २० हजार अमेरिकी डलर प्रदान गर्नुभएको थियो । उक्त रकमको प्रयोग अगावै विश्वभर कोभिड–१९ को महामारी फैलियो । र, त्यस रकम स्टकमा थियो ।

संक्रमणको दोस्रो लहरमा देश आक्रान्त भएपछि शृंखलाले प्राप्त रकमको केही अंश महामारी नियन्त्रण गर्न र अभाव कम गर्न प्रयोग अनुमति माग्नुभएको थियो । उहाँको आग्रहलाई मिस वल्र्ड अर्गनाइजेसनले स्वीका¥यो । अनुमति प्राप्त २ लाख ५० हजार रुपैयाँ शृंखला खतिवडाले ‘हामी नेपाल’ नामक सामाजिक संस्थालाई सहयोग गर्नुभएको हो । 

प्रदान गरिएको उक्त रकम अक्सिजन कन्सनट्रेटर र अक्सिजन सिलिन्डर खरिदका लागि प्रदान गरिएको जनाइएको छ । हामी नेपालको नेतृत्व गरिरहेका सुदन गुरुङका अनुसार उक्त रकम धादिङ एवं सिन्धुपाल्चोकका स्वास्थ्य चौकीमा अक्सिजन पु¥याउन खर्च गरिनेछ ।


Views: 64