सुशान्तको सम्झनामा अंकिताको स्टाटस: फेरि भेटौंला

एजेन्सी   POSTED ON : असार १, २०७८ (८:३३ AM)

सुशान्तको सम्झनामा अंकिताको स्टाटस: फेरि भेटौंला

एक वर्षअघि आत्महत्या गर्नुभएका बलिउड अभिनेता सुशान्त सिंह राजपूतकी पूर्वप्रेमिका अंकिता लोखन्डेले पहिलो पुण्यतिथिमा सम्झिनु भएको छ । अंकिताले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सुशान्तसँगका आफ्ना फोटो राखेर एउटा भिडियो बनाएर पोष्ट गर्नुभएको छ । 

सुशान्त अघिल्लो वर्ष आजकै दिन मुम्बईको बान्द्रास्थित उहाँको निवासमा मृत भेटिनु भएको थियो । अंकिता र सुशान्त ६ वर्षभन्दा बढी सम्बन्धमा हुनुहुन्थ्यो र उहाँहरुको जोडीलाई भारतीय टेलिभिजनका अत्यधिक रुचाइएको थियो । दुईजनाको सन् २०१६ मा ब्रेकअप भएको थियो । 

यद्यपि, सुशान्तको मृत्युपश्चात् अंकिताले अभिनेताको परिवारलाई अत्यधिक समर्थिन गर्नुभयो । सुशान्तको पहिलो पुण्यतीथिको अवसरमा अंकिताले अभिनेतासँगको सम्बन्धमा रहेका बेला खिचेका अनेकौं तस्वीर र सम्झनालाई एक भिडियोको रूप दिएर पोष्ट गर्दै क्याप्सन लेख्नुभएको छ, ‘१४ जुन । यो हाम्रो यात्रा थियो । फिर मिलेंगे चल्ते चल्ते ।’


Views: 104

Top