प्रतिष्ठानद्वारा ७ सय कलाकारलाई राहत वितरण

हिमालय टाइम्स   POSTED ON : असार १, २०७८ (८:४० AM)

प्रतिष्ठानद्वारा ७ सय कलाकारलाई राहत वितरण


कोभिड-१९ का कारण समस्यामा परेका ७ सय बढी कलाकारलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सहयोग गरेको छ । 

‘रोगबाट आफैं जोगिनुहोस्, भोकबाट हामी जोगाउँछौं’ भन्ने नाराका साथ प्रतिष्ठानले सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पंगेनीका अनुसार अहिले आम्दानीको स्रोत नभए र दैनिक गुजारा गर्न अप्ठ्यारोमा रहेका कलाकारलाई प्रतिष्ठानको तर्फबाट चामल, दाल, नुन, चिनी, मसलालगायत अत्यावश्यक सामग्री वितरण गरिरहेको छ । प्रतिष्ठानको राहत पाउनेमा गायक, गायिका, वाद्यवादक, मोडल तथा प्राविधिकसमेत परेका छन् ।

राहतका लागि प्रतिष्ठानका केन्द्रीय सल्लाहकार पृथ्वी थकालीले करिब ७ लाख बराबरको सामग्री उपलब्ध गराउनु भएको थियो । केन्द्रीय समितिले उपत्यका समन्वय समितिसँग सहकार्य गरी हालसम्म करिब १२ लाख बराबरको राहत सामग्री वितरण गरेको छ ।

काठमाडौंबाट सुरु गरिएको राहत अभियान देशभर पु¥याउने लक्ष्य प्रतिष्ठानको छ । पंगेनीले तत्कालै कलाकार काममा फर्कने अवस्था नरहेकाले राहत वितरणलाई केही समय निरन्तरता दिने प्रतिष्ठानको योजना रहेको बताउनु भएको छ ।


Views: 92

Top