छायांकार प्रधानको निधन

हिमालय टाइम्स   POSTED ON : असार १, २०७८ (८:४७ AM)

छायांकार प्रधानको निधन

नेपाली चलचित्रका पुराना छायांकार राम शंकर प्रधानको ७२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि डायलासिस गराउँदै आउनु भएका प्रधानको आइतबार राति वीर अस्पतालमा निधन भएको हो । 

प्रधानको निधनले प्राविधिकमा मात्र नभई समग्र चलचित्र क्षेत्रमा क्षति पुगेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताउनु भएको छ । प्रधानको सोमबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । स्वर्गीय प्रधानका श्रीमती, दुई छोरी र एक छोरा छन् । प्रधानले ‘चलचित्र’, ‘फेररि तिम्रो याद आयो’, ‘त्रिनेत्र’ ‘अजम्बरी नाता’लगायत दर्जनौं नेपाली चलचित्र खिच्नु भएको थियो । 


Views: 121

Top