पाण्डेको जियरा पुस्तक बजारमा

हिमालय टाइम्स   POSTED ON : असार १, २०७८ (८:५१ AM)

पाण्डेको जियरा पुस्तक बजारमा

कोभिड १९ को कारणले सार्वजनिक हुन ढिलाइ भएको नयनराज पाण्डेको नवीनतम कृति ‘जियरा’ सोमबारबाट बजारमा आएको छ । गत चैतमै पुस्तक बजारमा पठाउने तयारी गरिए थियो । तर कोभिड संक्रमणको दर बढिरहेकाले पुस्तक बजारमा पठाउनसक्ने अवस्था थिएन । 

असार १ देखि भने पूरै दिन नभए बिहान ११ बजेसम्म पुस्तक पसल सञ्चालन गर्न दिने सरकारको निर्णयले पुस्तकप्रेमीलाई उत्साहित बनाएको छ । यसबीचमा नयाँ कृति सार्वजनिक नभएकाले पाठकले नयाँ फ्लेबरको पुस्तक पढ्न पाउन् भन्ने उद्देश्यले फाइनप्रिन्टले पाण्डेको नयाँ कृति ‘जियरा’ बजारमा ल्याएको हो । 

यस संग्रहमा पाण्डेले पछिल्लो समयमा लेखेका १३ वटा लामा कथा समावेश छन् । पाण्डेले भन्नुभएको छ, ‘जति किताब लेखिसके आफ्नो नयाँ पुस्तक प्रकाशन हुँदा लेखक उत्साहित नै हुन्छ, म पनि उत्साहित छु, ‘जियरा’ मा संग्रहित कथा पढ्दा पाठक एकसाथ यथार्थ र स्वप्नमय संसारमा पुग्ने उहाँको भनाइ छ । फाइनप्रिन्टले प्रकाशन गरेको पुस्तक मूल्य ४७५ रुपैयाँ छ ।


Views: 144

Top