डब्बुको नयाँ गीत 'अँधेरीमा थिएँ'

हिमालय टाइम्स   POSTED ON : असार १, २०७८ (८:५२ AM)

डब्बुको नयाँ गीत 'अँधेरीमा थिएँ'

लामो समयदेखि नेपाली गीतसंगीतमा कलम चलाइरहनु भएका डब्बु क्षत्रीको नयाँ गीत सार्वजनिक गरिएको छ । नयाँ गजल (गीत) अँधेरीमा थिएँ म...को भिडियोसहित सार्वजनिक गरिएको हो । 

सुवर्णको कुमारको स्वरमा यो गजल रेकर्ड गरिएको छ । यसमा सुवर्णलाई सरिता भारती, दीपा कोइरालाले साथ दिनु भएको छ । गीतमा संगीत र संगीत संयोजन पनि सुवर्ण कुमारकै छ । यो गीतको भिडियोलाई ओएसआर मूभिको युट्युब च्यानलबाट रिलिज गरिएको छ । 

गीतको भिडियो निर्देशन डब्बु क्षत्रीले नै गर्नुभएको हो । भिडियोमा सरिता भारती, राहुल श्रेष्ठ, जोयल्स बस्नेत, विना रानामगरसहितको अभिनय छ । यो भिडियोको छायांकार रामशरण उप्रेती, सम्पादक सुरेशकुमार राउत रहनु भएको छ । यसमा दिलमायाँ मगरको ड्रेस डिजाइन, दीपक लामगाडेको सेट डिजाइन, श्याम बरालको शृंगार छ । 

कथाअनुसार आफूले मन पराएको युवासँगको सम्बन्ध छुटाएर अन्य युवासँग विवाह गर्न खोजेपछि ती युवतीले आत्महत्या गरेको कथा यसमा प्रस्तुत गरिएको छ । जसमा ती युवतीको यादले प्रेमीलाई सताइरहन्छ । प्रेम वियोगमा परेका ती प्रेमीको भावलाई यो गीतको भिडियोमा समेटिएको छ । भिडियो निकै आकर्षण बनेको छ । 


Views: 212

Top