‘प्रेम गीत’लाई युट्युबमा २५ मिलियन भ्युज

हिमालय टाइम्स   POSTED ON : श्रावण ७, २०७८ (९:१६ AM)

‘प्रेम गीत’लाई युट्युबमा २५ मिलियन भ्युज

काठमाडौं । नेपाली चलचित्र ‘प्रेम गीत’ युट्युबमा सर्वाधिक हेरिने पहिलो नेपाली चलचित्र बनेको छ । सुदर्शन थापाको निर्देशन रहेको यस चलचित्र करिब पाँच वर्षअगाडि ओे एस् आरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो । अहिलेसम्म यो चलचित्रलाई २५ मिलिएन दर्शकले हेरिसकेका छन् ।

‘प्रेम गीत’मा सन्तोष सेनको लगानी छ । युट्युबमा सर्वाधिक भ्युज पाउने पहिलो नेपाली फिल्म बनेपछि प्रेम गीत युनिटले दर्शकलाई धन्यवाद दिँदै सामाजिक सञ्जालमा खुशी साटेका छन् । यसै चलचित्रबाट नायिका पूजा शर्मासँग अभिनेता प्रदीप खड्काको नाम जोडिएको थियो । साथै, उक्त चलचित्रबाट प्रदीप र पूजाको करिअरले गति लिएको भनेरभन्दा पनि फरक नपर्ला । नायक प्रदीप खड्का र नायिका पूजा शर्माले चलचित्रमा शीर्ष भूमिका निभाउनु भएको थियो । आजको दिनसम्म आउँदा निर्माता सन्तोषले प्रेम गीतको तेस्रो सिक्वेल निर्माण गरिसक्नुभएको छ । 


Views: 58

Top