अमेरिकामा ‘लेक्सिनटन दोहोरी’ हुने

हिमालय टाइम्स   POSTED ON : श्रावण ७, २०७८ (९:१७ AM)

अमेरिकामा ‘लेक्सिनटन दोहोरी’ हुने

काठमाडौं । नेपाली फिल्म निर्देशक सुमन दाहालको सक्रियतामा अमेरिकाको केन्टकी राज्यको लेक्सिनटन शहरमा नेपाली लोकदोहरी सांगीतिक कार्यक्रम ‘लेक्सिनटन दोहोरी’ सुरु हुने भएको छ । 

कार्यक्रममा गायक हिम कुँवर, सन्दीप अर्याल, सीताराम अधिकारी, कुष्माखर भट्टराई, श्याम पराजुली, कृष्ण पराजुली, युवराज ढुंगाना, विष्णु डुम्रे र गायिकाहरूमा रूपा अर्याल, मञ्जु थापा, कल्पना अधिकारी, बबिता पराजुली, तुलसा सुवेदी, सरस्वती पाण्डे, शर्मिला सुवेदी, आरती थापा, सम्झना अधिकारी, सिर्जना मरासिनी, नर्मदा खरेल, सरिता मरासिनीलगायतको प्रस्तुति तथा सहभागिता रहेको छ । 

नेपाली वाद्यवादनसहित प्रस्तुत हुने कार्यक्रममा मादलमा गणेश खड्का, हार्मोनियममा सनातन रेग्मी, गितारमा कृष्ण राना, तबलामा उद्धवराज उप्रेती रहनुभएको छ । पवन गौतमको छायांकन, सुमन दाहालको निर्देशन रहेको ‘लेक्सिनटन दोहोरी’ कार्यक्रम सम्राट क्रियशन च्यानलबाट समेत प्रसारण हुने निर्देशक दाहालले बताउनुभयो । सुमनले यसअगाडि केही नेपाली फिल्म र दर्जन बढी म्युजिक भिडियो निर्देशन गर्नुभएको छ ।


Views: 84

Top