प्रियंकाको जन्मदिनमा निकको एक लाख भारुको वाइन

एजेन्सी   POSTED ON : श्रावण ७, २०७८ (९:१९ AM)

प्रियंकाको जन्मदिनमा निकको एक लाख भारुको वाइन

मुम्बई । भारतीय अभिनेत्री प्रियंका चोपडाले तीन दिनअघि आफ्नो ३९औं जन्मदिन मनाउनु भएको छ । कामको सिलसिलामा लण्डन पुग्नुभएकी प्रियंकाले मंगलबार आफ्नो जन्मदिन परिवारसँग लण्डनमै मनाउनु भएको हो । 

जन्मदिनमा प्रियंकाको श्रीमान् निक जोनस भनेसँगै हुनपाउनु भएन । अमेरिकामा रहनु भएका निक प्रियंकाको जन्मदिनमा उपस्थित हुन पाउनु भएन । आफ्नी श्रीमतीको जन्म दिनसँगै बसेर मनाउन नपाउनु भएका निकले प्रियंकाका लागि निकै महँगो उपहार पठाउनुभयो । उहाँले प्रियंकालाई अमेरिकाबाट एक लाखभन्दा बढी भारु पर्ने रेड वाइन जन्मदिनको उपहारस्वरूप पठाएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । निकले पठाएको त्यो वाइनको नाम हो, १९८२ चाटेउ माउटन रोथस्चिल्ड । यो वाइनको ७५० एमएल बोत्तलको मूल्य एक लाख ३१ हजार तीन सय ७५ भारु पर्छ ।

गाढा र गहिरो रङको यस भिन्टेज वाइनमा ब्लू बेरी, क्यासिस र अन्य मसलाहरूको बास्नासमेत आउँछ । प्रियंकाले उपहार पाएको वाइनको बोत्तलसहित गिलासमा थोरै वाइन भएको फोटो आफ्नो इन्स्टाग्राम स्टोरीमा पोष्ट गर्नुभएको थियो । 

उहाँका लागि यो वाइन महँगो उपहारमात्र नभई अर्थपूर्ण बनेको छ । निकले प्रियंकाको जन्म वर्ष सन् १९८२ लाई ध्यानमा राखेर ‘१९८२ चाटेउ माउटन रोथस्चिल्ड’ वाइन उपहार दिएका हुन् । निक र प्रियंकाको विवाह सन् २०१८ मा भएको थियो । उनीहरू अहिले अमेरिकाको लस एञ्जलसमा बस्नुहुन्छ । प्रियंका भने नयाँ हलिउड फिल्म ‘द म्याट्रिक्स ४’ को सुटिङमा व्यस्त हुनुहुन्छ । 


Views: 89

Top